काठमाडौं, ३ पुस - नेपाल आयल निगमले तेल भर्न लाइन बस्न नपर्ने गरी ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू गर्ने भएको छ। त्यसका लागि निगमले सबै तयारी पूरा गरिसकेको छ।
पहिलो चरणमा निजी कार तथा जीपलाई तेल वितरण गर्दा ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू गरिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए। अबको एक हप्तापछि मात्र निजी कार/जीपले तेल पाउनेछन्। र,यो पटक लाइन बस्न नपर्ने गरी एसएमएसबाट बुकिङको सुरुवात गर्दैछ।
कहिलेबाट सुरु हुन्छ बुकिङ ?
कार वा जीपलाई तेल वितरणको तालिका सार्वजनिक भएपछि मात्रै यो सिस्टमबाट बुकिङ सुरु हुनेछ। सबै पम्पहरुबाट नभएपनि केही पम्पहरुमा प्रयोगका रुपमा यो प्रविधिको सुरुवात गरिने खड्काले बताए।
क्यू म्यानेजमेन्ट सिस्टम एसएमएसमार्फत लाइन व्यवस्थापन गर्ने आधुनिक अवधारणा हो। उपभोक्ताले मोबाइलबाट एसएमएस गरेर आफुले कुन दिन, कुन पेट्रोल पम्पबाट, कति नम्बरको पालोमा तेल पाउने भन्ने जानकारी लिने गरी यो सिस्टम विकास गरिएको खड्काले जानकारी दिए।
त्यसका लागि सवारीमा तेल हाल्ने उपभोक्ताले सरकारले तोकेको हेलो सरकारको ११११ नम्बरमा एसएमएस गर्नुपर्नेछ। उपभोक्तालाई उसले तेल पाउनेबारे सबै विवरण एसएमएसबाटै रिप्लाइ गर्नेछ। यो सिस्टम लागू गर्न सके उपभोक्ता हप्तादिनदेखि ग्यास र तेलको लाइनमा बस्नुनपर्ने सरकारको दावी छ।
कसरी प्रयोग गर्ने ?
यो प्रणाली अन्तर्गत उपभोक्ताले म्यासेज बक्समा REQ-P/D/G सवारीको ब्लु बुक नम्बर-जिल्ला एसटीडी कोड-आफ्नो निर्वाचन क्षेत्र स्पेश-s/m/l टाइप गरी ११११ मा पठाउनु पर्नेछ।
मोटरसाइकजस्ता साना सवारी साधन हुनेले ‘स्मल’ अर्थात S, कार लगायत मध्यम आकारका सावारी साधनका लागि ‘मिडियम’ अर्थात M र ठूला सवारी साधनका चालकले ‘लार्ज’ अर्थात L टाइप गर्नुपर्नेछ । ग्यास चाहिनेले G, पेट्रोल चाहिनेले P र डिजेल चाहिनेले D टाइप गर्नुपर्नेछ ।
एसटिडी कोड भन्नाले काठमाडौंको ०१ जस्तै फोन कोड बुझ्नुपर्छ । यहाँ (-) ले स्पेश अर्थात खाली ठाउँलाई बुझाउँछ ।
यसरी म्यासेज गरेपछि सिस्टमले नै कुन पम्पमा सो ब्लु-बुकवाला सवारीका उपभोक्ताले कति नम्बरको पालोमा तेल हाल्न पाउँछन् भन्ने जानकारी सहित एसएमएस रिप्लाइ आउनेछ।
त्यसअनुसार उपभोक्ता पम्पमा तेल हाल्न जान सक्छ। पहिलो चरणमा कारलाई तेल वितरण गर्दा निश्चित पम्पहरुमा यसको प्रयोग गरिने कार्यकारी निर्देशक खड्काले जानकारी दिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमलाई उपभोक्ताको सास्ती कम गर्न निजी सवारीलाई तेल दिँदा एसएमएसमार्फत टोकन लिने व्यवस्था गर्न भनिसकेको छ।
केही समयअघि वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले साझाको पेट्रोलपम्पमा आफैंले यो सिस्टमको परीक्षण सुरु गरेका थिए । मास्टर आइडी नामक कम्पनीले विकास गरको यो यो प्रणालीलाई सरकार किनेको थियो।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=182194#sthash.fnHFi2RE.dpufपहिलो चरणमा निजी कार तथा जीपलाई तेल वितरण गर्दा ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू गरिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए। अबको एक हप्तापछि मात्र निजी कार/जीपले तेल पाउनेछन्। र,यो पटक लाइन बस्न नपर्ने गरी एसएमएसबाट बुकिङको सुरुवात गर्दैछ।