Pages

Wednesday, July 29, 2015

पारस शाह भोलि डिस्चार्ज


 मुटुमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाह भोलि डिस्चार्ज हुने भएका छन् । ३ दिनअघि अस्पताल भर्ना भएका पारसको छातीमा पेसमेकर जडान गरिएको छ । आइतबार अप्रेसन गरी पेसमकेर राखिएको थियो । पारसको स्वास्थ्थ अवस्था बुझ्न सभासद गणेश थापा नर्भिक पुगेका थिए ।
थापाले पारस र अस्पतालसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए । आफूसँगको कुरामा पनि अस्पतालका चिकित्सकहरुले पारस खतरामुक्त रहेको र भोलि डिस्चार्ज गर्न लागेको बताएको थापाले बताए ।


Monday, July 27, 2015

‘पारस शाहको स्वास्थ्य अवस्था सन्तोषजनक’

Paras Shah After Recovery

 पारस शाहको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको नर्भिक अस्पतालले जनाएको छ ।
आइतबार मुटुमा पेशमेकर जडान गरिएका शाहको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र उनी अस्पतालभित्रै हिँडडुल गरेको जानकारी सोमबार अस्पतालले दिएको हो ।मुटुमा समस्या देखिएपछि पूर्व-युवराज शाहलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमाभर्ना गरिएको थियो ।

यसैबीच, पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार अपरान्ह पति पारसलाई भेटेकी छन् । छोराछोरीसहित अस्पताल पुगेर हिमानीले पारसलाई भेटेकी हुन् ।गत चैत्रमा पारस थाइल्यान्डबाट फर्किए पनि दम्पतीबीच भेटघाट नभएको चर्चा बारम्बार हुने गरेको थियो । 

भारतको हिन्दुवादी संगठनले नेपालमा समाजसेवा गर्ने

भारतको हिन्दुवादी संगठनले नेपालमा समाजसेवा गर्ने

भारतको हिन्दुवादी संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ’ (आरएसएस)ले नेपालमा समाजसेवाका कार्य थाल्ने भएको छ ।
गैरसरकारी संस्थामार्फत आरएसएसले नेपालमा समाजसेवा गर्ने योजना बनाएको हो ।
भूकम्पका कारण क्षतिग्रस्त मन्दिर र गुम्बा पुनर्निर्माणलाई आरएसएसले प्राथमिकतामा राखेको छ । यस अतिरिक्त

सो संगठनले विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीसमेत उपलब्ध गराउने भएको छ ।
भारतीय अखबार ‘अमर उजाला’ को अनलाईन संस्करणले आइतबार यस्तो जानकारी सार्वजनिक गरेको हो ।
नैनीतालमा प्रान्त प्रचारकहरुको बैठक सकिएलगत्तै नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्नेबारे आरएसएसले छुट्टै बैठक आयोजना गरेको जनाइएको छ ।
सहयोग गर्नेबारे विचार गर्न र नेपालको वास्तविकता बुझ्न केही दिनअघि आरएसएसका दुई उच्च प्रतिनिधिले नेपाल भ्रमण गरेको पनि समाचारमा उल्लेख छ ।
नेपाल सरकारको पुनर्वाससम्बन्धी नियमका कारण सहयोगमा केही असजिलो भए पनि गैर सरकारी संस्थामार्फत सहयोग उपलब्ध गराइने जनाइएको छ ।

नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै पोखरामा सोमबार प्रदर्शन गरिएको छ ।

हिन्दूराष्ट्र माग्दै पोखरामा प्रदर्शन




 नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै पोखरामा सोमबार प्रदर्शन गरिएको छ ।
बगर गाईघाटबाट सुरु भएको र्‍यालीले हिन्दूराष्ट्रको माग गर्दै पोखरा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई ज्ञापनपत्र बुझाएको छ ।
र्‍यालीमा सहभागीहरुले नेपाललाई हिन्दूराष्ट्र
कायम माग गर्नुपर्ने भन्दै संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएका छन् ।

बोलबम समिति तथा विभिन्न धार्मिक संघसंस्थाको संयुक्त पहलमा र्‍याली निकालिएको हो ।