Pages

Saturday, September 26, 2015

पदको दुरुपयोग , डिआइजी जयबहादुर चन्दले देखाए चर्तिकला


  पद र शक्तिको अहम्ताले मानिसलाई कतिसम्म निकृष्ट बनाउछ भने उसले समाजलाई आफ्नो मुठ्ठी भित्र नचाउन खोज्छ । महानगरीय प्रहरी ट्राफीक महाशाखाका प्रमुख डिआइजी जयबहादुर चन्द यस्को दृष्टान्त बनेका छन् । उनले उनको निवास वरपर त्यस्तै ज्यादती गरेका छन । डिआइजी चन्दले आफ्नो घरसम्म पुग्ने बाटो पूर्व सुचना विना बिस्तार गर्न शक्तिको दुरुपयोग गरेका हुन । काठमाडौको बुढानिलकण्ड नगरपालिकास्थित हात्तिगौंडा चोकबाट देव्रेतर्फ कर्वि १ सय ५० मिटरमा ट्राफीक महाशाखाका डिआइजी जयबहादुर चंदको घर छ । साघुँरो बाटो बिस्तार गर्ने नगरपालिकाको योजना रहेपनि पूर्व सुचना दिनुपर्ने सरकारी प्रावधान छ । तर शनिबार बिहानै डिएसपी सहितको प्रहरी टोलीले त्यस क्षेत्रमा पुगेर धमाधम स्थानीयको घर पर्खाल भत्काउन थालपछि स्थानीय आक्रोशित बनेका थिए । आफुहरु बाटो बिस्तारको पक्षमा रहेपनि पूर्व सुचना बेगर शक्तिको दुरुपयोग गरि डिआइजी चंदले नगरपालिकालाई समेत खवर नगरि प्रहरी लगाएर संरचना भत्काउन थालेकोमा स्थानीय रुष्ट बनेका छन । यो बाटो डिआइजी जय बहादुर चंदको घरसम्म पुगेर सकिन्छ । प्रहरीको ज्यादती बिरुद्ध स्थानियले आक्रोस पोखेपछि स्थानिय र प्रहरीबीच पटक पटक तनावको स्थिति सृजना भएको थियो । स्थानियका अनुसार डिआइजी चंद छोरीको विबाहको तयारीमा छन । छोरी विवाहमा आउने जन्तीको स्वागतका लागि चंदले मनोमानी पूर्वक कानुन मिचेर बाटो बिस्तारगर्न लागेको स्थानीयको आरोप छ । यस सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा बाटो बिस्तारका लागि खटिएका प्रहरी अघिकारीहरु क्यामरासामु मुख खोल्न चाहेनन । 

स्थानीय निकाय तथा नेपाल सरकार संग केहि समय अगाडि भएको संझौता अनुसार बुडानिलकण्ठ नगरपालिका वडा नं ८ हात्तिगौंडावाट टोखा निस्किएर केरुङ सम्म जोड्ने बाटोको नाप नक्सा भएको थियो । तर बिस्तारका लागि सरकारले कुनै पूर्व सुचना दिएको थिएन । शक्तिको उन्मातमा डिआइजी चंदले स्थानियबिरुद्ध ज्यादती गरेकोमा यस क्षेत्रका जनताले आक्रोश ब्यक्त गरेका छन ।

बाबुराम भट्टराईद्वारा पार्टी परित्याग गरेको घोषणा


एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र सभासदबाट पनि राजीनामा दिएको घोषणा गरेका छन्।अब फेरि एमाओवादीमा फर्कने सम्भावना सकिएको भन्दै उनले बरू जंगल पस्ने तर नफर्कने बताएका छन्।
उनले पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भारतको हस्तक्षेप आफूहरूलाई मान्य नहुने भन्दै निन्दनीय भएको आरोप लगाएका छन्।उनले अध्यक्ष प्रचण्ड तिर लक्षित गर्दै टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवाद राम्रो कि विजुली गाडी चढ्ने? भन्ने प्रश्न गरेका थिए।उनले  नेताहरूले चुनाव जित्न विदेशी दूतावास धाउने क्रम रोकिनु पर्ने बताए।
अन्य नेताहरूको राष्ट्रवादको पक्षमा आफूले होस्टेमा हैसे गर्न तयार रहेको उनले बताए।
उनले आफ्नो कारणले टीकापुर काण्ड र अन्य घटना नभएको दाबी गरे।
यस्तै संविधानमा पहिलो गासमै ढुंगा लागेको जस्तो अनुभव भइरहेको भन्दै उनले  विवादित जिल्लालाई संघीय आयोगको जिम्मामा छोड्नुपर्ने बताए।
दिल्ली वा नेपालको शासक वर्गको खेलमा नेपाली जनता पर्न नहुने उनले बताए।

नेपालमा हस्तक्षेप नगर्न दार्जिलिङबासीको मोदीलाई चेतावनी

Gorkhaland_Darjeeling_648656942
काठमाडौं, ७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न नेपाली भाषी दार्जिङबासीले चेतावनी दिएका छन् । भारत स्वतन्त्र भएदेखि उठ्दै आएका आफ्नो देशका समस्या सामधान गर्न छोडी नेपालमा हस्तक्षेप नगर्न उनीहरुले मोदीलाई आग्रह गरेका छन् ।
भारत स्वतन्त्र भएदेखि गोर्खाल्याण्डको माग गर्दै आएका दार्जिलिङका नेपाली भाषी समुदायले चुनावमा मोदीले ‘गोर्खालीको सपना, मेरो सपना’ भन्दै नेपाली भाषीको भोट लिएको तर उनीहरुको माग प्रति अहिले अनुदार भएको आरोप समेत लगाएका छन् । ‘हामीलाई त पाप गरयौ, तर नेपालीको मन नदुखाउ’ गोर्खाल्याण्ड आन्दोलनका अगुवा रोशण भुटियतले भने  ‘नेपालमा हस्तक्षेप गरे त्यसको गम्भिर परिणाम मोदीले भोग्नु पर्नेछ ।
गोर्खालीलाई गोर्खाल्याण्ड दिने भन्दै इन्द्रजित खुल्लर, जसवन्त सिंह,एलएल हलुवाईले नेपाली भाषीको मत लिएर सत्ताको सिंहाशनमा बसेका थिए । पछिल्लो पटक मोदीका पक्षमा नेपाली भाषीले पनि मोदीलाई मत दिएका थिए । ‘यी सवैले हामीलाई धोका दिए, अब नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्दैछन’ भुटियतले भने ।
दार्जिलिङबासीले नेपालको स्वाधिनतामा हस्तक्षेप नगर्न मोदीलाई सार्वजनिक अपिल पनि गरेका छन् । उनले स्वाधिनतामा हस्तक्षेप गरे त्यसको परिणाम गम्भिर आउने चेतावनी समेत दिएका छन् ।

Friday, September 25, 2015

Greater Nepal full documentary



#BACKOFFINDIA
I need my land back

हो ग्रेटर नेपाल सम्भव छ !!!!!
नेपाल ले सुगौली सन्धि बाट गुमाएको पूर्वको दार्जिलिगं, सिकिकिम र पश्चिमको कुमाउ र गढवाल ग्रेटर नेपाल मा गाभिने प्रसस्त आधार हरु रहेको छ ।
सर्व प्रथम त सुगौलि संन्धि हामिले भारत संग होईन ईस्ट ईन्डिया कम्पनि संग गरिएको थियो ।
भारतमा ईस्ट ईन्डिया कम्पनि (ब्रिटेन)को समाप्ति पछि स्थापना भएको भारत संग सुगौलि संन्धि ले कुनै पनि किसिमको संम्वन्ध राख्दैन
त्यो भूमि नेपालको हो भारतको होईन न त त्यो भूमि नेपाल संग भारत ले नै लगेको थियो । यसर्थ भारत संग सुगौलि संन्धिले कुनै सम्बन्ध राखेको छैन ।
त्यो भूमि ब्रिटेन ले नेपाल संग लगेको थियो भारत संग होईन । ब्रिटेन ले अधिपत्य जमाएको भारतको आफ्मो भु-भाग मात्र भारत लाई सुम्पेको थियो तसर्थ त्यो नेपाली भूमि माथि ब्रिटेनको नै हक लागु रहन्छ ।
तर सन् १९५० मा नेपाल-ब्रिटेन सन्धि ले उक्त सुगौलि संन्धिलाई खारेज गरेको छ । अर्थात ब्रिटेन ले हामि संग लगेको भूमी हामि लाई फिर्ता गरिसकेको छ भने सन् १९५० मा भएको नेपाल-भारतको सन्धि पनि सुगौलि संन्धि लाई रद्द गरेको छ ।
यसर्थ सुगौलि संन्धि बाट गुमेको दार्जिलिंग, सिक्किम, कुमाउ र गढवाल स्वत नेपालको हुन आउछ किनकि त्यो भू-भाग कहिले पनि भारतको थिएन नेपालको थियो ।
भारत को आफ्नो सम्बिधान मा पनि ति भूभाग हरु भारतिय भू-भागको रुपमा रहेको छैन ।
अर्थात दार्जिलिंग, सिक्किम, कुमाउ र गढवाल हरु उपविवेशको रुपमा भारतले राखेको छ।
सन् १९६० मा पारित UN को प्रस्तावले पनि उपनिवेशको रुपमा राखिएको भू-भाग फिर्ता गर्नु पर्ने निर्णय गरिसकेको छ । जस अनुसार उपनिवेशको रुपमा रहेका भू-भाग हरु हंङ्कंग चिन ले फिर्ता पाई सक्यो भने गोआ भारतले । तर नेपाल ले भारतमा उपनिवेशको रुपमा रहेको आफ्नो भू-भाग किन फिर्ता नपाउने ????????
अन्तराष्ट्रिय कानुन अनुसार र भारतकै सम्विधान अनुसार त्यो भू-भाग हरु भारतको होईन नेपालको हो ।
त्यसैले ग्रेटर नेपाल सम्भव छ । मात्र यो मुद्दा लाई अन्तराष्ट्रिय रुपमा उठाउनु पर्छ जुन कामको लागी हाम्रा नेता हरु लाई कुनै वास्ता छैन ।
हिजो को दिन मा हामिले जन आन्दोलन-२ गरेर १० औ अर्व खर्च गर्न दिनको लागी हामिले नेता लाई सत्ता मा पुर्याउन सक्यौ भने गुमेको देश फिर्ता माग्न फेरी त्यहि आन्दोलन दोहोर्याउन सक्दैनउ ???
देशको लागी आवाज उठाउ नेताको लागी मात्र होईन
जय ग्रेटर नेपाल ।।।।

Wednesday, September 23, 2015

भारतीय सरकारलाई संविधान संसोधनको लागी नेपालको ७ बुदे प्रस्ताव !!!







२७ वर्षदेखि अलपत्र प्रमाणित पेट्रोलखानी नेपालमै

२०४२सालमा झापाको बाहुनडाँगीमा पेट्रोलखानीको आशंका

२०४३ सालमा पेट्रोल भएको प्रमाणित नेपाल सरकारबाटै

२०४५ सालमा इटालीयन कम्पनी साइपमले कच्चापदार्थ प्रमाणित गरेको

बाहुनी गाविस वडा नं. ९ का हरिप्रसाद ओझा उमेरले ७२ नाघे। आफ्नै गाउँमा पेट्रोलखानी पत्ता लाग्दा उनी दंग परेका थिए।
उनी सोच्थे – अब पेट्रोलका लागि भारततिर पैसा बर्साउनु परेन।
तर २०४५ सालमा प्रमाणित भएको बाहुनी–९ को पेट्रोलखानीबाट यतिका वर्ष बित्दा पेट्रोल निस्किने कुरै छाडौं, अलपत्र छोडिएको छ।
‘पेट्रोलको कच्चापदार्थ रहेको पुष्टि भएपछि कोही फर्केर आएनन्,’ ओझा भन्छन्, ‘सरकारले चाहेको भए नेपालमै पेट्रोल उत्पादन सुरू हुन्थ्यो।’
स्थानीयका अनुसार पञ्चायतकालकै बेला २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ छ भन्ने पत्ता लागेको थियो। देशीविदेशी मान्छेहरूको चहलपहल र विज्ञहरूको ठूलो टोली यहाँ खनिएका थिए।
२ बिगाहा १७ कठ्ठा जमिनमा अवस्थित पेट्रोलखानीमा अहिले खानी तथा भौगर्भिक विभागका दुई कर्मचारी बस्छन्। उनीहरूलाई यहाँ रेखदेख गर्न खटाइएको स्थानीयको भनाइ छ।
पूर्व गाविस अध्यक्ष रोहिणीप्रसाद गौतमका अनुसार २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ फेला परेको आशंकामा सर्वे थालिएको थियो।
पेट्रोल अन्वेषण परियोजना नै सक्रिय भएर लागेपछि २०४३ सालमा यो प्रमाणित गरेको गौतमको भनाइ छ।
उनका अनुसार नेपाल, इटाली, नेदरल्याण्ड र स्वीट्जरल्याण्डका प्रतिनिधिको सहभागितामा खानी खन्न सुरू गरिएको थियो।
‘३५ सय मिटर गहिरो खनेपछि पेट्रोलको कच्चापदार्थ पत्ता लाग्यो,’ उनी भन्छन्, ‘प्रमाणित हुनेवित्तिकै खानी बन्द गरियो।’
नेपाल सरकारले खानी उत्खनन् गर्ने जिम्मेवारी इटालीयन कम्पनी साइपमलाई दिएको स्थानीयको भनाइ छ। साइपम कम्पनीले २०४५ सालमा कच्चापदार्थ प्रमाणित गरेको स्थानीय बताउँछन्।
‘पेट्रोलको कच्चापदार्थ फेला परेको प्रमाणित गरेर इटालीयन कम्प्नी गयो,’ स्थानीय कमल गौतम भन्छन्, ‘त्यसलगत्तै सरकारले खानी बन्द गर्‍यो।’
पेट्रोल खानी किन बन्द गरियो भन्ने चाहिँ आधिकारीक रूपमा कसैलाई जानकारी छैन। तर भारतको चाहनामा पेट्रोलखानी बन्द गरिएको हुनसक्ने आशंका स्थानीय गर्छन्। कतिपय स्थानीय खर्च धेरै हुने ठानेर सरकारले बन्द गरेको हुनसक्ने बताउँछन्।
‘आसाममा पेट्रोलखानी छ,’ ७२ वर्षीय ओझा भन्छन्, ‘यहाँबाट कच्चापदार्थ निकाल्यो भने भारतको खानी सुक्छ भनेर बन्द गरिएको सुन्नमा आएको छ।’
पूर्व गाविस अध्यक्ष गौतमले भने यहाँ कच्चापदार्थ पाइए पनि त्यसलाई उत्पादन गर्दा लागतको पचास प्रतिशत घाटा हुने भएकाले सरकारले बन्द गरेको सुनेको बताउँछन्।
‘हाम्रो लेभलमा थाहा छैन सत्यतथ्य,’ उनी भन्छन्, ‘तर खर्च धेरै हुने भएकाले उत्पादन गर्न नसक्ने देखेर बन्द गरिएको भन्ने सुनेको छु।’ उनका अनुसार पूर्वमा अन्त कतै यस्तै पेट्रोलखानी भेटिए प्रशोधनकेन्द्र स्थापना गरेर सञ्चालन गर्ने योजना सरकारको थियो।
त्यहाँ रहेका कर्मचारीका अनुसार चिनियाँ कम्पनीले फिल्ड सर्वे गरेको थियो। त्यसपछि इटालियन कम्पनीले खाल्डो खन्यो।
२०४५ सालदेखि खानी तथा भौगर्भिक विभाग अन्तर्गत रहेर पेट्रोल खानी रेखदेख गरिरहेका कर्मचारी कपिलमणि रिजाल सामान्य हेरचाह गर्नेबाहेक अरू यहाँ केही काम छैन। उनी सँगसँगै पर्शुराम गौतम पनि त्यहाँ रेखदेखमा संलग्न छन्।
स्थानीयबासी सरकारले कहिल्यै फर्केर नहेरेकोमा आक्रोशित छन्। त्यससँगै यहाँ पेट्रोलको कच्चापदार्थको सत्यतथ्य जानकारी दिन स्थानीयले माग गरेका छन्।
‘भएको भए किन प्रयोगमा ल्याइएन बताइदिनुपर्‍यो,’ स्थानीय डम्बर आचार्य भन्छन्, ‘छैन भने छैन भन्दिनुपर्‍यो, हामी यहाँ पेट्रोलखानी छ भन्ने थाहा पाएयता वर्षौंदेखि पेट्रोल उत्पादन कहिलेदेखि हुन्छ भनेर पर्खेर बसेका छौं।’
स्थानीय रबिन थापाका अनुसार पेट्रोलखानीको तथ्य जानकारी दिन हालै प्रधानमन्त्री सुशील कोइराला र उद्योगमन्त्री महेश बस्नेतलाई ज्ञापन बुझाइएको छ।
‘हामीले १० हजार जनाको हस्ताक्षर सरकारलाई बुझाएका छौं,’ थापा भन्छन्, ‘उद्योगमन्त्रीले म बुझौंला भन्नुभएको छ।’श्रोत सेतोपाटी माघ २२, २०७१

Tuesday, September 22, 2015

नाकाबन्दी गर्दा भारतलाई हुने पाँच घाटा

अरुण बराल/विश्लेषण
कतिपय मानिसहरुले सोच्दछन् कि भारतले नेपालको सीमानामा नाकाबन्दी गर्‍यो भने यसबाट नेपाललाई समस्या पर्नेछ । तर, आर्थिक, राजनीतिक एवं भौगोलिक अवस्थितिलाई हेर्दा नेपाललाई नाकाबन्दी गर्ने नीतिले नेपाललाई भन्दा ठूलो घाटा भारतले व्यहोर्ने देखिन्छ । नेपालमाथि नाकाबन्दी गरिएमा भारतलाई पर्न जाने पाँचवटा नोक्सानी यी हुन् :
१. नेपालमा भारत विरोधी भावना बढ्छ
नेपालीहरुमा रहेको भारतविरोधी भावनालाई कसरी कम गर्न सकिन्छ भन्ने दिल्लीलाई ठूलो चिन्ता छ । सुरुमा मोदीले यसलाई केही कम गराएकै हुन्, जसका कारण बिप्पा, कर्णाली तेस्रोको पीडीएलगायतका सहमति गर्न भारतीयलाई सहज भयो । तर, नाकाबन्दीको बाटोमा भारत हिँड्यो भने नेपालीहरुमा विगतको भन्दा चर्को गरी भारतविरोधी भावना बढ्नेछ । कम्युनिष्ट स्कुलिङको पुरानो पुस्ता वा दक्षिणपन्थी राष्ट्रवादीहरुमात्रै होइन कि राजनीतिमा प्रवेश गरिनसकेको नयाँ पुस्ता पनि भारतविरोधी बन्ने छ ।
नेपाल भ्रमणका क्रममा सर्वसाधारणसँग हात मिलाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 
नेपालमा यसरी बढ्ने भारतविरोधी भावनाको मूल्य दिल्लीलाई निकै महंगो पर्न जानेछ । दक्षिण एशियामा भुटानबाहेक अन्य छिमेकीसँग राम्रो सम्बन्ध नरहेको भारतको प्रभाव नेपालबाट कम हुन थाल्नेछ । नेपालीहरुले पाकिस्तानीसँग अंकमाल गर्नेछन्, जसको परिणाम के हुन्छ, दिल्लीले राम्रैसँग आँकलन गरेको हुनुपर्छ ।
नेपालमा जतिजति भारतविरोधी भावना बढ्छ, त्यति नै यहाँका विकास आयोजना, नदीनाला, विद्युत, लगानी, ठेक्काट्टा र बन्द व्यापारमा भारतको बिजनेस चौपट बन्न थाल्नेछ । भावनाको असर भारतको मार्केट इकोनोमीमा पर्नेछ । उसको उर्जा र सिंचाइको संकटमा पर्नेछ । किनकि नेपाललाई खुशी नपारेसम्म भारतको सिंचाइ र उर्जासंकट समाधान हुनेवाला छैन ।


२.नेपालमा भारतको बजार सुक्छ
तथ्यांकले भन्छ, नेपालले एक वर्षमा भारतबाट झण्डै ५ खर्ब (४ खर्ब ९१ अर्ब ६५ करोड) रुपैयाँ बराबरको वस्तु र सेवा खरीद गर्छ । विशाल भारतका लागि उसको राष्ट्रिय आयमा नेपालको यो रकमले खासै ठूलो योगदान नगर्ला । तर, यसमा ध्यान दिने कुरा के छ भने भारतप्रति ६४ प्रतिशत व्यापारमा निर्भरता देखिएको नेपालमा उसको नाकाबन्दीले फेरबदल ल्याउने सम्भावना प्रवल हुन्छ ।
भारतबाट ५ खर्ब हाराहारीको सामान आयात गर्ने नेपालले उसको देशमा निर्यात गर्ने वस्तु र सेवा एक खर्ब पनि पुग्दैन । नेपालले एउटा आर्थिक वर्षमा ५५ अर्बको हाराहारीमा वस्तु निर्यात गर्दै आएको छ ।
व्यापारको कुरा गर्दा यो पनि स्मरण गर्नुपर्ने हुन्छ कि नेपालले भारतसँगको व्यापारको ठूलो घाटा व्यहोर्दै आएको छ । निर्यात र आयातको सन्तुलनमा ठूलो खाडल छ । आर्थिक नाकाबन्दीले नकारात्मकरुपमै भए पनि सही, यो खाडललाई केही घटाइदिने छ ।
व्यापारको कुरा गर्दा एउटा देशको इच्छाले मात्रै त्यो बन्द हुँदैन । पछिल्लो समयमा आफूलाई जतिसुकै शत्रु राष्ट्र भनिएकाहरुका वीचमा पनि आन्तरिक-निर्भरता बढ्दै गएको छ । अमेरिकामा हुने व्यापारबाट चीनले आफ्नो राष्ट्रिय आयमा १२ प्रतिशत भन्दा बढी योगदान गर्छ, जसलाई अमेरिकाले रोम्न सक्दैन । नेपाल र भारतको व्यापारिक सम्बन्धको हकमा पनि नाकाबन्दस् लगाउँदैमा एकापसमा हुने व्यापारिक अन्तरसम्बन्ध शुन्यमा झर्न सक्दैन ।  
बरु के चाँहि भन्न सकिन्छ भने मधेसका जनतालाई सहानुभूति देखाउन भारतले सीमाना ‘सील’ गर्‍यो भने यसको मार मधेसमा रहेका नेपाली जनतामाथि पर्नेछ । पहाडका जनताले चिनियाँ नाका प्रयोग गर्न सक्छन् । नेपालमा यतिबेला टुथपेष्ट, ड्राइफुड, सियो, दाह्री काट्ने मेसिनदेखि बच्चाले खाने ल्याक्टोजीनसम्म र नेपालीका घरमा पाक्ने चामलसम्म भारतले बेचिरहेको छ । नाकाबन्दी गरेर यो व्यापार सुकाउँदा पक्कै पनि भारतलाई फाइदा हुनेछैन ।
नाकाबन्दीका बेला भारतीय माल नपाइएको झोंकमा चिनियाँ सामान किन्ने आदत नेपालीहरुमा पर्‍यो भने नाकाबन्दी खोल्दा भारतलाई घाटा भइसकेको हुनेछ ।
अहिलेसम्म नेपालीहरुले भारतीय माल बहिस्कार गरौं भनेका छैनन्, तर तनाव बढ्दै गयो भने भारतीय माल बहिस्कार अभियान पनि चल्न सक्छ जसरी गान्धीले अंग्रेजी मालको विरोध गर्दै चर्खा आन्दोलन चलाएका थिए ।
३. चीनलाई सोझो फाइदा पुग्छ
नेपालमा चीनको प्रभाव बढ्यो भनेर दिल्लीलाई निकै ठूलो चिन्ता गर्दै आएको छ । तर, सीमानामा नाकाबन्दी गर्ने वा नेपालको संविधानलाई स्वागत नगरेर नेपालीलाई चिढ्याउने भारतीय नीतिले नेपालमा चीनको प्रभाव अरु बढाउनेछ ।
नेपालको राजनीतिमा चीनको खासै चासो छैन, तर चीनले नेपालको बजारमा आफूलाई अरु विस्तारित गर्ने मौका पाउनेछ भारतीय नाकाबन्दीले ।
नेपाली बजारका चिनियाँ मालहरु अरु थपिने छन्, यहाँको विकास आयोजना र ठेक्कापट्टामा चिनियाँ ठेकेदार कम्पनीहरुले सहज प्रवेश पाउन थाल्नेछन् । फास्ट ट्रयाक, एयरपोर्ट निर्माणको ठेक्का इत्यादि भारतीयलाई होइन, चिनियाँलाई दिनुपर्छ भन्ने माग हुन थाल्नेछ । यसले गर्दा पाकिस्तानमा जस्तै नेपालमा पनि चीनको बजार विस्तार सहज हुनेछ ।
र, यही आवश्यकतालाई महसुस गरेर उत्तरतर्फबाट सीमा जोड्ने सडकहरुको विस्तारमा राज्य लाग्न थाल्नेछ । विस्तारै नेपाल दक्षिण एशियाको भारतविरोधी मुलुक बन्न जानेछ ।
नेपाललाई दुःख दिने भारतीय नीतिका कारण नेपालमा चिनियाँ प्रभावमात्रै बढ्ने छैन, पश्चिमाहरुको प्रभाव पनि थप विस्तारित हुन गई भारतको प्रभाव कमजोर एवं निरीह बन्न सुरु गर्नेछ । तर, यसबाट सबैभन्दा बढी फाइदा चीनले उठाउनेछ । नेपाल ढुक्कसँग चीनको बजार बन्न थाल्नेछ ।
मधेसमा द्वन्द्व बढ्यो भने राष्ट्र संघले प्रवेश गर्न सक्छ । जबकि विगतमा राष्ट्र संघ नेपालमा आउँदा भारतलाई टाउको दुखाइएको विषय बनेको थियो ।
४. भारतसँग ‘डिपेन्डेन्सी’ घट्छ, राष्ट्रिय स्वाभिमान बढ्छ
नेपालको अर्थतन्त्र भारतप्रति बढ्ता निर्भर रहँदै आएको छ । तर, सीमामा नाकाबन्दी गर्ने र नेपाललाई चिढ्याउने भारतीय नीतिले नेपालमा भारतको ‘डिपेन्डेन्सी’ घटाउनका लागि भूमिका खेल्नेछ ।
व्यापार र बजारमा भारतीय निर्भरताका सूचकहरु ओरालो लाग्नेछन् । भारतमा कुल्ली गर्न जानेहरु घटेर बरु अरबतिर जानेछन् । भारतीय सिमेन्टको साटो नेपाली सिमेन्टको प्रयोग बढ्नेछ । नेपालमा उत्पादित बस्तुहरुको प्रयोग बढ्नेछ । तरकारी र मासुसमेत भारतबाट मगाएर खानुपर्ने अवस्थामा पुगेका नेपालीले स्वदेशी तरकारी उत्पादन बढाउने छन् । काँकडभिट्टाको बाटोबाट भारत छिर्न नपाएको तरकारी काठमाडौंतिर आउन थाल्ने छ । भारत जाने धान नेपालमै कुटिन थाल्नेछ र भारतबाट चामल आयात गर्ने कार्य घट्नेछ ।
मानव जीवनका हरेक क्षेत्रमा नेपालीहरुले भारतीय निर्भरता घटाउन थाल्नेछन् । नेपाली निर्भरता भारतबाट अरुतिर सर्न थाल्नेछ । नेपाल र चीनवीच सोझो हवाइ मार्ग जोडिएको अहिलेको आधुनिक युगमा भारतसँगको नेपालको निरर्भरता विगतकैजस्तो जकडिएको अवस्थामा रहनेछ भने कल्पना गर्नु गलत हुनेछ ।
विगत ०४५ सालमा जस्तो नेपालीहरुले धेरै कुरामा भारतको भर पर्नुपर्ने स्थिति थियो भने अहिले बजारमा यत्रतत्र पाइने चिनियाँ अत्यावश्यक सामाग्रीहरुका कारण भारतसँगको ‘डिपेन्डेन्सी’ घट्दै गइरहेको छ । भारतले लगाउने नाकाबन्दीले भारतसँगको डिपेन्डेन्सी अरु घट्छ र चीनसँगको ‘डिपेन्डेन्सी’ अझ बढ्नेछ ।
नेपालीहरुमा हामी गरीब छौं, तर स्भाविमानी हुन्छौं भन्ने भावना जागृत भयो भने यो एउटा त्यस्तो जात हो, जसले बेलायती साम्राज्यको घेराबन्दीमा पनि आफूलाई स्वतन्त्र राखेको थियो । र, अहिले पनि निश्चितरुमा राख्न सक्नेछ ।
भारतको भक्ति नगरी नेपाल टिक्नै सक्दैन भन्ने राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन राख्नेहरुलाई एउटा ठूलो झापड बन्न पुग्नेछ भारतले लगाउने आर्थिक नाकाबन्दी ।
५. भारतको आन्तरिक सुरक्षामा चुनौती थपिन्छ
नेपाल एउटा त्यस्तो भौगोलिक अवस्थितिमा रहेको देश हो, जहाँका जनतालाई चिढ्याउनु भारतका लागि हानिकारक छ ।दक्षिण एशियामा शत्रुजस्ता देशका रुपमा रहेका भारत र पाकिस्तानवीच सुमधुर सम्बन्ध रहेको कुनै मुलुक छ भने त्यो नेपाल हो । अहिलेसम्म कसैको उपनिवेश नबनेको देश पनि दक्षिण एशियामा नेपालै मात्र हो । नेपालको सम्बन्ध पाकिस्तानसँग पनि राम्रो छ । भारतले नेपालमा पाकिस्तानी गतिविधि बढेको आरोप लगाउने गरेकै छ ।
अब भारतले नेपालीहरुको मन दुखायो भने उसले भन्दै आएको पाकिस्तानी प्रभाव नेपालमा बढ्न सक्छ र यसबाट भारतको सुरक्षा मामिलामा असर पार्न सक्छ । पाकिस्तानबाट नेपाललाई खासै फाइदा छैन, तर यो नेपालको मामिलामा हैन, भारतको मामिलामा चिन्ताको कुरा हो । पाकिस्तानीहरु पनि भारतसँग सम्बन्ध सुधार्नै चाहन्छन्, तर त्यताबाट आतंकवाद छिर्ने भारतलाई ठूलो डर छ ।
तराईमा यदि भारतले भाँडभैलो मच्चायो भने त्यहाँबाट धेरैथोक छिर्न सक्छ । अहिलेसम्म नेपालले भारतको उत्तरी सीमानामा रखवारी गरिदिँदै आएको छ ।
सामाजिक अन्तरनिर्भरताको कुरा गर्दा भारतको सैन्य सेवामा ठूलो संख्यामा गोरखालीहरु छन् । भारतीयहरुका भान्साघरमा र गेटमा नेपाली कामदारहरु छन् । लोकतन्त्रको दुहाइ दिने भारतीयहरुको यौन तिर्खा मेट्ने दिल्लीका वेश्यालयहरुमा नेपाली चेलीहरु छन् । भारतीयहरुको पवित्र तीर्थस्थल पशुपतिनाथ नेपालमा छ । लुम्बिनी नेपालमा छ, बोधगया भारतमा छ । नेपालीहरुका तीर्थस्थल पनि भारतमा छन् ।
यतिमात्रै होइन, गोरखाल्याण्ड, असाम, मेघालय, सिक्किम लगायतका स्थानमा नेपालको जनसंख्याकै हाराहारीमा नेपालीभाषीहरु बसोबास गर्छन् । नेपालको तराई मधेसमा र सीमा जोडिएको युपी विहारमा दुबैतिर आफन्त र नातेदारहरुको आँगन जोडिएको छ ।
हो, मधेसीहरु नेपालको तराईमा बढी बसोबास गर्छन् छन् । तर, भारतमा पनि त नेपाली भाषीहरु बसोबास गर्छन् । मधेसमा पहाडी मूलका नेपालीहरु पनि बस्छन् । र, काठमाडौंमा पनि लाखौंको संख्यामा मधेसी मूलका नेपालीहरु बस्छन् । यो अन्तरनिर्भरताले मधेस र काठमाडौंलाई जसरी जोडेको छ, भारत र नेपाललाई पनि त्यसरी नै कसिलोगरी जोडेको छ । कसैले चाहँदैमा यो अन्तरसम्बन्धको डोरी काट्न सजिलो छैन ।
अन्त्यमा दुईवटा प्रश्न :
एक- त्यति ठूलो भारतले नेपाललाई नाकाबन्दी गर्दा के नेपालीहरु चाँहि निसासिँदैनन् ? नेपालले चाहिँ दुख पाउँदैन ?
दुई- के साँच्चै नरेन्द्र मोदीले इन्दिरा गान्धी र राजीव गान्धीको जस्तो मध्ययुगीन नाकाबन्दीको नीति अपनाउलान् ?
पहिलो प्रश्नमा के भन्न सकिन्छ भने नेपालीहरु ती बहादुर जाति हुन्, जसले रोटी र स्वाभिमानमध्ये अहिलेसम्म रोटीलाई कम प्राथमिकता दिँदै आएका छन् । भारतको नाकाबन्दीले नेपालमा तिनीहरुलाई मात्रै घाटा हुनेछ, जो राष्ट्रिय आत्मसमर्पणवादी छन् ।
दोस्रो प्रश्नमा के भन्न सकिन्छ भने भारतीयहरु त्यही गँवार छैनन्, जसले जाजाजान नेपालजस्तो छिमेकीलाई चिढ्याएर आफ्नो देशमाथि विपद निम्त्याउन चाहँदैनन् ।
बुद्धि बिग्रयो भने भन्न सकिन्न, तर, दक्षिण एशियाको नेतृत्व गर्छु भन्ने मोदीका लागि नेपाल सानो देश होइन, महत्वपूर्ण, बलियो र सामरिक देश हो । गोर्खालीको रगतबारे उनले नेपाल भ्रमणबा बेला संसदमा भाषण गर्दैखेरि भनिसकेका छन्, त्यसलाई सबैले सम्झिए पुग्छ ।