पद र शक्तिको अहम्ताले मानिसलाई कतिसम्म निकृष्ट बनाउछ भने उसले समाजलाई आफ्नो मुठ्ठी भित्र नचाउन खोज्छ । महानगरीय प्रहरी ट्राफीक महाशाखाका प्रमुख डिआइजी जयबहादुर चन्द यस्को दृष्टान्त बनेका छन् । उनले उनको निवास वरपर त्यस्तै ज्यादती गरेका छन । डिआइजी चन्दले आफ्नो घरसम्म पुग्ने बाटो पूर्व सुचना विना बिस्तार गर्न शक्तिको दुरुपयोग गरेका हुन । काठमाडौको बुढानिलकण्ड नगरपालिकास्थित हात्तिगौंडा चोकबाट देव्रेतर्फ कर्वि १ सय ५० मिटरमा ट्राफीक महाशाखाका डिआइजी जयबहादुर चंदको घर छ । साघुँरो बाटो बिस्तार गर्ने नगरपालिकाको योजना रहेपनि पूर्व सुचना दिनुपर्ने सरकारी प्रावधान छ । तर शनिबार बिहानै डिएसपी सहितको प्रहरी टोलीले त्यस क्षेत्रमा पुगेर धमाधम स्थानीयको घर पर्खाल भत्काउन थालपछि स्थानीय आक्रोशित बनेका थिए । आफुहरु बाटो बिस्तारको पक्षमा रहेपनि पूर्व सुचना बेगर शक्तिको दुरुपयोग गरि डिआइजी चंदले नगरपालिकालाई समेत खवर नगरि प्रहरी लगाएर संरचना भत्काउन थालेकोमा स्थानीय रुष्ट बनेका छन । यो बाटो डिआइजी जय बहादुर चंदको घरसम्म पुगेर सकिन्छ । प्रहरीको ज्यादती बिरुद्ध स्थानियले आक्रोस पोखेपछि स्थानिय र प्रहरीबीच पटक पटक तनावको स्थिति सृजना भएको थियो । स्थानियका अनुसार डिआइजी चंद छोरीको विबाहको तयारीमा छन । छोरी विवाहमा आउने जन्तीको स्वागतका लागि चंदले मनोमानी पूर्वक कानुन मिचेर बाटो बिस्तारगर्न लागेको स्थानीयको आरोप छ । यस सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा बाटो बिस्तारका लागि खटिएका प्रहरी अघिकारीहरु क्यामरासामु मुख खोल्न चाहेनन ।
स्थानीय निकाय तथा नेपाल सरकार संग केहि समय अगाडि भएको संझौता अनुसार बुडानिलकण्ठ नगरपालिका वडा नं ८ हात्तिगौंडावाट टोखा निस्किएर केरुङ सम्म जोड्ने बाटोको नाप नक्सा भएको थियो । तर बिस्तारका लागि सरकारले कुनै पूर्व सुचना दिएको थिएन । शक्तिको उन्मातमा डिआइजी चंदले स्थानियबिरुद्ध ज्यादती गरेकोमा यस क्षेत्रका जनताले आक्रोश ब्यक्त गरेका छन ।
0 comments:
Post a Comment