एमाओवादी जन्माउने देखि जनयुद्ध हुँदै संविधान सम्म ल्याउन अग्रणी भूमिका खेलेका नेता डा बाबुराम भट्टराईले पार्टी छोडेपछि चौतर्फी तरंग देखिएको छ ।
एमाओवादीका कार्यकर्ता देखि अन्य पार्टीका नेता कार्यकर्ता र नामुद विश्लेषक सम्मले बाबुरामको पार्टी परित्यागमा प्रतिक्रिया जनाएका छन् ।
बाबुरामलाई कतिपयले भारतीय इसारामा राजिनामा गरेको र भारतीय दलाल समेत भनेर आरोप लगाएपछि चर्चित राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले असहमती प्रकट गर्दै त्यस्तो आरोप लगाउनेलाई ‘मण्डले राष्ट्रवादी’को सज्ञा दिएका छन् ।
खगेन्द्र संग्रौलाले ट्वीटरबाट भनेका छन् ‘बाबुराम भट्टराईसँग मेरा पनि थुप्रो असहमति छन्।तर मान्यवर,उनलाई दिल्लीको दलाल देख्नुचाहिँ मण्डले राष्ट्रवादको अतिवादको पराकाष्ठा हो । किमधिकम्?’ ।
सामाजिक सञ्जालमा बाबुरामको विषयमा धेरैले स्टेटस लेखेका छन् । उनलाई गाली गर्नेहरु र उनीप्रति अझै पनि आशा देखाउनेको संख्या पनि उत्तिकै छ । बाबुरामले पार्टी र कार्यकर्तालाई गम्भिर घात गरेको र भारतको इसारामा राजिनामा गरेको भन्ने देखि उनले अझै पनि देश बनाउन सक्ने र उनी नेता भएको भन्नेहरु समेत छन् ।
0 comments:
Post a Comment