Pages

Thursday, October 8, 2015

राजेन्द्र महतोको घर र पार्टी कार्यालयमा आक्रमणको प्रयास










काठमाडौँ, २१ असोज ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको घर र पार्टी कार्यालयमा आक्रमणको प्रयास भएको छ । केही युवाले उनको घरमा पुगेर नाराबाजी गर्नुका साथै पेट्रोलको बोत्तल प्रहार गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । कुनै अप्रिय घटना भएको छैन ।

५५ दिनदेखि नाकाबन्दी गरेर अतिआवश्यक सामान काठमाडौँ भित्रिन नदिएको भन्दै आक्रोषित युवाको समूहले सिनामगंलस्थित महतोको घरमा आक्रमणको प्रयास गरेका हुन् । उनीहरुले राजेन्द्र महतोलाई देशद्रोही भन्दै देशनिकालाको नारा लगाएका थिए । महतोको पत्नी तरकारी किन्न बजार गएका बेला घरमा छोरीमात्र भएको पाइएको छ ।

गौशाला प्रहरीका डिएसपी सुरेन्द्र मैनालीका अनुसार कुनै अप्रिय घटना भएको छैन, स्थिति नियन्त्रणमा छ ।

यस्तै, सद्भावना पार्टीको मध्येबानेश्वरस्थित कार्यालयमा पनि सामान्य तोडफोड भएको छ । युवाले प्रहार गरेको ढुंगाबाट कार्यालयका केही शिशा फुटेका छन् । पार्टी महासचिव मनिष सुमन केहीबेरमा पार्टी कार्यालयमै पत्रकार सम्मेलनको तयारीमा छन् ।






उनको राजधानीमा भत्केको पुल र भिमसेनगोलामा भब्य २ वटा महल रहेका छन् । महतोको आदेशमा बुधबार आन्दोलनकारीले रुपन्देहीका कृष्ण क्षेत्रीको दायाँ हातको चार वटा औँला काटिएर फालिएको अबस्थामा फेला परेपछि आज सोसियल मिडिया समेत उनको चर्को बिरोध भैरहेको छ ।

Tuesday, October 6, 2015

तेल किने सडक बनाइदिने चिनियाँ प्रस्ताव












आश्विन १८, २०७२- छिमेकी चीनले भारतको अघोषित नाकाबन्दी ब्यहोरीरहेका नेपालको आपूर्तिको समस्या सम्वोधन गर्न सरकारलाई दिगो विकल्पको ढाडस दिएको छ । चीनतर्फको दुई नाकालाई जतिसक्दो छिटो खुलाएर दैनिक उपभोग्य वस्तुको आयात गर्ने कूटनीतिक पहल भइरहेको जानकारी सरकारी अधिकारीहरूले दिएका छन । भुकम्पका क्रममा पहिरो गएका कारण चीनसितका दुवै नाका अवरुद्ध छन् । चीनले दिगो समाधानको लागि शर्तसहितको विकल्प दिएको अधिकारीहरुले बताएका छन ।


छिमेकी भारतले अघोषित नाकाबन्दी नै लगाएको भित्री निष्कर्षसहित सरकारले तत्काल र दिगो समाधानको विभिन्न विकल्प बारे आन्तरिक छलफलका क्रममा चीनले दिएको विकल्पका विषयमा समेत विचारविमर्श भएको हो । सर्वसाधारण जनताको दैनिकीसंग जोडिएको इन्धन, अत्यावस्यक खाद्यान्न र ओषधीलगायतका वस्तुमा पटक पटक अवरोध गर्ने नियत भारत सरकारले राखेको निश्कर्षसहित सरकारले तत्कालका लागि भारतसंगै विभिन्न माध्यमबाट छलफल गर्ने र दिगो समाधानको लागि अर्को विकल्प तय गरेर अघि बढ्ने तयारीसमेत गरेको उच्चस्रोतले बताए ।


भारतको राजनीतिकदेखि कर्मचारी तहले नियतबस यस्तो अवस्था सिर्जना गरेको र पटक पटक आग्रह गर्दा पनि त्यसको सुनुवाई नभएपछि विकल्पको खोजी गर्न सरकार वाध्य भएको अधिकारीले बताए । यस्तो समस्या लगातार रुपमा पर्दै आएको भए पनि सरकारले यसअघि कुनै तयारी गरेन । अहिले पुरा नाका नै रोकेको कारण जन स्तरमा जानकारीमा आएको तर इन्धनको ‘टुल’ यो बीचमा पटक(पटक उपयोग गरेको सरकारी अधिकारीहरु बताउँछन । नेपालीहरुको महान चाडपर्व नजिकिएको तर यातायातको समस्यामा नेपाली परेको भन्दै यसमा तत्काल समाधानको लागि भारतसंग विभिन्न तहमा छलफल भइरहेको अर्थमन्त्री डा. रामशरण महतले कान्तिपुरलाई बताए पनि उनले चिनियाँ प्रस्ताव बारे अनविज्ञता प्रकट गरे ।


‘तत्काल समाधान भारतसंग वार्ताबाटै हुने हो । अहिले पनि हामी छलफलमा नै छौ । भारतले केही स्थानहरुलाई सम्वोधन गरेको छ । यो बाहेक अहिलेको अर्को विकल्प सहज छैन्,’ उनले भने । अव सरकारले दिर्घकालिन समाधानको विकल्प खोज्न पर्ने स्पष्ट भएकोले त्यसमा पनि छलफलहरु भइरहेको अर्थमन्त्री महतले बताए ।


उत्तरी छिमेकी चीनले कुने ब्यापारिक सम्झौता भएमा इन्धन उपलब्ध गराउने बताएको विषय भने उनले अस्विकार गर्दै भने,‘विभिन्न तहमा दिगो समाधानको बारेमा पनि छलफलहरु भइरहेको छ । हाम्रो पहिलो प्राथमिकता अहिलेको समस्या समाधान गर्ने हो त्यसपछि अर्को विकल्प र अहिलेकोबाट पाठ सिक्ने हो ।’

कूटनीतिक र राजनीतिक दुवै तवरमा छलफल भइरहेकहोले समस्या समाधान तर्फ उन्मुख रहेको उनले बताए । ‘नेपालको भौगोलिक अवस्थालाई नभुलि हामीले तत्काल समाधानमा जाने हो । अहिले सबै बल त्यसमा लागेको छ,’ उनले भने,‘अर्को विकल्प भनेको उत्तर तीरको छिमेक वा तेस्रो मुलुकबाट इन्धन ल्याउने भन्नु भएको होला त्यो तत्काल सहज छैन् तर दिर्घकालिन रुपमा भने छलफलको विषय हुनसक्छ ।’


कर्मचारीको उच्चतहमा चाडबाडको समयमा कसरी समस्या समाधान गर्ने भन्दै छलफलहरु भइरहेको भएपनि पूर्व तयारी नहुदा समस्या परेको विषय उठेको छ । सरकारले सातबर्ष अघि नै तीन महिनाको लागि भण्डारणको विकल्प सोचेको थियो तर त्यो काम अघि नबढा समस्या परेको निश्कर्ष निकालेको छ ।


समस्या पर्दा छलफल र विकल्प खोज्ने तर अस्थायी समाधान हुनेवित्तिकै भुल्ने कार्यले यो हालत भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए । विभिन्न तहमा छलफल भएको र अहिलेको लागि सरकारले भारतसंगै पहल गरिरहेको खुल्नेकार्यहरु भइरहेको बताउदै उनले भने,‘नेपालको भूगोलबाट के बुझ्नुपर्छ भने भारतको विकल्प भारत नै हो । तर विगतको समस्याबाट सीकेर क्षणिक फाइदामा होइन दिगो समाधानमा हामी अघि बढ्न आवश्यक छ ।’


मुख्य सचिव सोमलाल सुवेदीले आपुर्ति सहज बनाउन सरकारको सबै तह लागि परिरहेको बताए । उनले अत्यावस्यक वस्तुको जोहो तथा विकल्पको विषयमा सबै पक्ष छलफलमा रहेको बताए । अर्को र दिगो विकल्पमा नेपाल आयल निगम स्वयंले निश्कर्ष निकल्न सक्छ यसमा सरकारले सहजता गरिदिने हो, उनले भने, ‘समस्या समाधान र दिगो समाधानमा उच्चस्तरमा छलफल भइरहेको छ ।’ उनीसंगै छलफलमा रहेका अधिकारीहरुले भने कर्मचारीतन्त्रको लापरबाहीले गर्दा नै कतिपय कामहरु अघि नबढा अहिलेसमस्या उत्पन्न भएको भन्दै आफ्नै आलोचना समेत गरेका थिए । ति अधिकारी भन्छन, ‘अहिले काठमाडौंमा खपत हुने कूल आयतित इन्धनको ३३ प्रतिशतमध्ये दुई तिहायी इन्धन लिने प्रतिवद्धता नेपाल सरकारले गरेको खण्डमा चीनले तत्काल कुनै माध्यमबाट सहयोग गर्ने जनाएको छ । तर सरकारले त्यसका कुनै प्रतिवद्धता वा सम्वोधन गर्न सकेको छैन, ति अधिकारीले भने । दुई बर्षसम्ममा केरुङ नाकामा स्थायी संरचना बनाउने, दुई वा तीन ‘अल वेदर’ (सबै समयमा विनारोकतोक सुचारु हुने) चौडा सडक निर्माण गरिदिने सम्मको अनौपचारिक प्रस्ताव चीनको तर्फबाट आएको भएपनि अनौपचारिक रुपमा भने अघि नबढेको स्रोतको दावी छ ।


अर्थमन्त्री डा. महतले यो विषयलाई बजार हल्लाको संज्ञा दिदे भने, ‘यस्तो कुनै प्रस्ताव नआएको तर कसैले अनौपचारिक गफमा भनेको भए आफूलाई जानकारी छैन । यो लामो प्रक्रियामा भरपर्ने विषय हो । तर विकल्पको विषयमा सरकारले सोच्न पर्ने अवस्था आएको छ ।’ अन्य उपभोग्य बस्तुहरु चीनबाट नियमित गराउन भने सडकको सुधारकार्य र दुवै तर्फको कार्यालय शसक्त बनाउने पहलहरु भइरहेको बाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ । आपुर्ति मन्त्रालयले दैीन्क् एप्भैग्य सहज ग र्न आग्रह गर्दै आएको जनाएको छ ।


प्रकाशित: आश्विन १८, २०७२

Saturday, October 3, 2015

खुल्यो तातोपानी नाका, 'चीनबाट तत्काल आपूर्ति सम्भव'

सिन्धुपाल्चोक- वार्षिक २० अर्बको आयात र साढे २ अर्बको निर्यात गर्दै राज्यलाई ५ अर्ब रुपैयाँ राजस्व दिलाउने उत्तरको एक मात्र ठूलो तातोपानी नाका शुक्रबारबाट तिब्बतसँग जोडिएको छ। वैशाख १२ को भूकम्प, शक्तिशाली अनुकम्पन र बर्खाको बाढीपहिरोका कारण पाँच महिनादेखि अवरुद्ध अरनिको राजमार्ग चीन नाकासँग शुक्रबार साँझबाट सडक ट्र्याकले जोडिएको हो।
पाँच दिन समय दिएर फुटाल्न थालिएको लिपिङबजारको चट्टाने पहिरो बीचबाटै ट्र्याक खोलेर तीन दिनमै नेपाल–चीन छुट्ट्याउने मितेरीपुलमार्फत जोडिएको छ। साँझ ६ बजे सडक ट्र्याकले नाका जोडिएसँगै काठमाडौंबाट गएका साना सवारी साधन मितेरी पुलमै पुगेका छन्। राजमार्ग खुलाउने सडक डिभिजन कार्यालय र सवारी कर्मचारीलाई मितेरी पुलमा तैनाथ चिनियाँ सुरक्षा अधिकारीले बधाइ दिँदै भव्य स्वागत गरेका छन्।

'राजमार्गले नाका जोड्ने कार्यभार पूरा गर्यौंि,' राजमार्ग खुलाउने कामको नेतृत्व गरेको डिभिजन कार्यालय दोलखाका इन्जिनियर रामबहादुर गुरुङले मितेरीपुलबाट टेलिफोनमा नागरिकसँग भने। भूकम्पपछि पाँचौंपटक राजमार्गले नाका जोडिएको हो। यसअघि डिभिजन कार्यालय, स्थानीय व्यवसायी र नेपाली सेनाको प्रयासमा चार पटक राजमार्ग खोलिएपनि बर्खाको बाढीले उस्तै बनाएको थियो। बर्खा थामिँदै गर्दा व्यवसायीकै दबाबमा डिभिजनले आफ्नै स्रोतसाधन र उधारोमा पेट्रोलियम पदार्थ खरिद गरेर पाँचौंपटक भदौ १५ बाट राजमार्ग अवरोध हटाउन थालेको थियो।

जारी नयाँ संविधानलाई लिएर भारतले दक्षिणी नाकामा अघोषित नाकाबन्दी गरेपछि मात्र यो मुख्य नाका सरकारी चासोमा परेको हो। सरकारले चासो दिएको सात दिनमै राजमार्गले चीन जोेडेको हो। भारतीय नाकाको तनाबले आपूर्ति असहज भएपछि साताअघि मात्रै वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ अधिकारी भेटेर उत्तरी नाका खुलाउन सहयोग गर्न आग्रह गरेको थियो।

काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारी नाका खुलाउन सकारात्मक भएपछि नाका अवरोध हटाउन सरकारले तीव्रता दिएको थियो। 'केही ठाउँमा बाहेक राजमार्ग दुईतर्फी छ। कन्टेनर गुडाउन कुनै समस्या छैन,' इन्जिनियर गुरुङले भने। तीन सातादेखि राजमार्ग खुलाउन थाल ेपनि अघि बढ्दै गर्दा मितेरी पुलको २ सय मिटरवर घरभन्दा अग्लो चट्टाने पहिरो फेला परेपछि त्यो पन्छाउन चुनौती देखिएको थियो। सय मिटर चौडा र २० मिटर अग्लो पहिरो हटाउन स्थानीय प्रशासनले पाँच दिन समय दिएकोमा सडक डिभिजनले दुई दिनमै त्यहीँमाथिबाट ट्र्याक खोलेर नाका जोडिदियो। दक्षिणी नाका बन्द भएको र चाडबाडसमेत सुरु भएकाले तत्काललाई आपूर्ति सकेर बिस्तारै सडक स्तरोन्नति गर्न सकिने इन्जिनियर गुरुङले बताए। 'सडक साबिक बमोजिम नै फराकिलो बनाएका छौं। तीन ठाउँमा मात्र एकोहोरो साधन हिँडाउनुपर्छ,' उनले भने, 'शनिबारबाटै थप फराकिलो र सडक व्यवस्थित बनाउने काम सुरु हुन्छ।'

दक्षिणी नाकामा भएको अघोषित नाकाबन्दीपछि सातादेखि मात्र तातोपानी सरकारको चासोभित्र परेको थियो। सय मिटर चट्टाने पहिरो हटाउन तीन दिनमा अत्याधुनिक नौ उपकरण प्रयोग गरियो। त्यो चट्टाने पहिरो नपन्छाई तत्कालका लागि त्यहीमाथिबाट ट्र्याक खोलिएको हो। तत्कालीन आवश्यकता पूरा भएपछि बिस्तारै हिँउदमा चट्टान पन्छाउन सकिने सडक अधिकारी बताउँछन्।

राजधानी काठमाडौंसम्मको आपूर्तिका लागि चीनदेखि यो नाका सबैभन्दा सजिलो र छोटो दुरीको हो। आगामी असोज २४ देखि अर्को महत्वपूर्ण नाका रसुवागढी सञ्चालनमा आउँदैछ। छोटो दुरीका कारण यो नाका सरकारको प्राथमिकतामा छ। तर यो नाका तत्काल सञ्चालनमा ल्याउन विस्थापित खासा बजार पुनःस्थापित गर्नु जरुरी छ।

भूकम्पपछि खासाबजार खाली गरेर त्यहाँबाट ४ सय ९१ किमी टाढा सिगात्से लगिएको छ। भन्सार, अध्यागमन, सुरक्षा निकाय, स्थानीय व्यापारी सबै उतै छन्। दोस्रोपटक बुधबार नेपालका लागि चिनियाँ राजदूत भेट्दै वाणिज्य सचिव ङइन्द्र उपाध्यायले खासाको सबै निकाय फर्काउन अनुरोध गरेका थिए। 'त्यसका लागि केन्द्रीय सरकारलाई भनिरहेको छु। केन्द्रको आदेशपछि सबै निकाय खासा फर्कन्छन्,' राजदूतको भनाइ उद्धृत गर्दै उपाध्यायले भने। उनका अनुसार पहिलो प्राथमिकतामा रहेका तातोपानी नाका खुलाउन सबै कूटनीतिक प्रयास जारी छ।

खासा सडक ट्र्याकले जोडिएकाले भूकम्पअघिदेखि त्यहाँ रोकिएका सामान आयात गर्न व्यवसायीले प्रयत्न थाल्ने भएका छन्। भूकम्पका कारण चैतमा ल्याइएका ५ सय कन्टेनर सामग्री खासास्थित गोदाममै रोकिएका छन्। 'ती सामान तत्कालै ल्याउन सकिने देखियो। अब प्रक्रिया थालिहाल्छौं,' तातोपानीका आयातकर्ता नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठले भने।


Thursday, October 1, 2015

चारैतिरको दबाबका कारण १६ गतेबाट नाकाबन्दी खोल्ने भारतको तयारी



काठमाडौँ, १४ असोज - राजनीतिक अभिष्ट पूरा गर्न नेपाली जनतामाथि नाकाबन्दी लगाएपछि विश्वभरबाट आलोचित बनेको भारतले प्रमुख तीन दल र मधेशवादी दलहरुका बीचमा सम्झौता भएको बहानामा यही असोज १६ गतेदेखि नाकाबन्दी खोल्ने तयारी सुरु गरेको छ।

नेपाली जनताले निर्माण गरेको नयाँ संविधान नभएको भन्दै एक सातादेखि नेपाली नाकाबन्दी लगाएको भारत अप्ठेरोमा पर्दै गएपछि आगामी असोज १६ गतदेखि नाकाबन्दी खोल्ने तयारी गरेको हो। यसका लागि मधेशवादी दल र प्रमुख तीन दलका बीचमा असोज १५ गतेभित्रै सहमति गराउन जोडदारका साथ लागि परेको छ।

नाकाबन्दी लगाएर मानवताविरोधी अपराध गरेको भारतले चर्को अन्तराष्ट्रिय दबाब, सुरक्षा परिषदको सदस्य राष्ट्र समेत बन्नबाट बञ्चित हुने खतरा बढेपछि वातावरण मिलाउन नाकाबन्दी खोल्ने सुरक्षित मार्गको खोजिमा जुटेको छ। अन्तराष्ट्रिय परिस्थिति बिग्रदै गएपछि नाकाबन्दी खुल्ला गर्दा भारत परस्त भएको सन्देश जाने हुँदा कुनै कुने निहुँ बनाएर खोल्ने तयारीमा नयाँ दिल्ली सक्रिय भएको छ।

त्यसका लागि गोप्य दूत नै काठमाडौँमा परिचालित गरेको र अन्यभन्दा विश्वाससिला महन्त ठाकुरलाई मधेशवादीको तर्फबाट नेता बनाएर वार्ताको लागि पठाउने निर्णय गराइसकेको छ।

Tuesday, September 29, 2015

Nepal Restricts Driving to Head Off Fuel Shortage






KATHMANDU, Nepal — Nepal started imposing restrictions on vehicles’ movement on Sunday amid concerns about limited supplies of fuel and other essential commodities from India.


Trucks carrying supplies from India stopped entering the country last week as protests followed the adoption of Nepal’s new Constitution.


To address the shortages, officials in Nepal said cars would be permitted to run only on alternate days based on the last digit of their license plate number.


Shiva Tripathi, an official at the Nepal Ministry of Supplies, said Indian security personnel and customs officials had barred supply trucks from entering Nepal, citing orders from New Delhi.


“Transportation has come to a complete halt since Thursday,” he said. “So we are facing the shortage of some essential items, including petroleum products.”




Continue reading the main story
RELATED COVERAGE


Amid Protests, Nepal Adopts ConstitutionSEPT. 29, 2015




Small, landlocked Nepal depends heavily on supplies from India, whose Foreign Ministry has blamed the protests over the Constitution for the disrupted movement of oil tankers and trucks loaded with medicine, sugar, salt, food and cooking gas. The Foreign Ministry denied that restrictions had been imposed on Indian suppliers.


On Friday, hundreds of protesters blocked a bridge linking Birgunj, a Nepalese border town, with India. The area is about 200 miles from Kathmandu, Nepal’s capital.


While many in Nepal have welcomed the Constitution, which came into force last week, some ethnic groups object to the boundaries of the seven federal states that were set up. Other protesters want Nepal to be a Hindu state and not a secular one, as the Constitution stipulates.


The protests have been waning, but violence related to them has killed at least 45 people in recent weeks.


The Indian Embassy in Nepal said in a statement that Indian traders and people who transport goods had had difficulty moving within Nepal and feared for their safety. They are afraid their trucks will be looted by protesters if they are unescorted by security guards, it said.


New Delhi has said it worries that violence in southern regions of Nepal could spill into India, where a large number of Nepalese citizens work.

Amid Protests, Nepal Adopts Constitution

KATHMANDU, Nepal — After nearly a decade of delay marked by haggling and political infighting, Nepal formally adopted a constitution on Sunday, with President Ram Baran Yadav calling the moment a realization of “the continuous democratic movements initiated by Nepalese people” after he signed the document.
Yet the process that led to the adoption of the Constitution, intended to bring much needed unity to the impoverished, fractious Himalayan nation, proved divisive and was attended by paralyzing strikes and violence that led to more than 40 deaths.
The Constitution aims to reinforce Nepal as a secular, democratic republic with a provision for the protection of religion, and establishes seven provinces. Its passage is the latest chapter in a turbulent history that includes a bloody civil war, the overthrow of the 239-year-old monarchy and a devastating earthquake in April that killed thousands and left thousands more homeless.
Sunday’s ceremony marked the culmination of months of negotiations among the leaders of Nepal’s major political parties, which led to agreements on proportional representation in Parliament and the size and borders of the provinces.
“We believe the country will move to adopt a speedy path of socioeconomic development,” Mr. Yadav said.
But the new Constitution has deeply alienated much of Nepal’s southern plains and the Madhesi people there, who have said that it dilutes their representation. Ethnic Tharus in western Nepal have also strongly objected to the provincial boundaries.
“It’s a black day for us,” said Rajendra Mahato, a leader of the Unified Madhesi Democratic Front, an umbrella organized of Madhesi parties. “We are burning the document as it curtailed our rights.”
India, which borders the plains, called for political flexibility in the constitutional process. Hours before the Constitution was enacted, a protester was killed when the police opened fire with rubber bullets on a crowd in the Parsa District in the plains, according to the chief district officer there.
In 2006, after years of an insurgency that left at least 13,000 people dead, Nepal’s Maoist rebels agreed to put down their arms and join in a democratic political process.
An interim Constitution was adopted the next year, and in 2008, the Constituent Assembly was elected to a two-year term and the monarchy was abolished. But the term was extended after political parties failed to reach an agreement on the provinces.
In June, after the earthquake, the major parties agreed on a constitutional structure in which the lower house of Parliament would have 60 percent of its seats elected directly and the rest elected through a proportional representation system. The parties had proposed to determine provincial boundaries through a commission, but the Supreme Court ruled that the Constitution could only be passed with the provinces in place, and last month, six federal provinces were delineated. After protests broke out in the midwestern region, a seventh province was created, in the hills.
“In going from six to seven was where the mistake was made,” said Kanak Mani Dixit, the founding editor of Himal Southasian magazine and a political commentator. The plains people “felt absolutely cheated and bereft because the Kathmandu-based politicians did not show sensitivity to them while showing sensitivity to the hill people.”
Protests became violent. On Aug. 24, at least six police officials and three civilians were killed in clashes in western Nepal. This month in the Mahottari District, southeast of the capital, an injured riot police officerwas dragged from an ambulance and beaten to death. Last week, a 4-year-old boy was among four people killed when the police fired rubber bulletsin Rupandehi, west of Kathmandu.
Politicians have been criticized for failing to consult a wider segment of society in the drafting of the document.
“This should have been a Constitution that was a progressive leap for Nepal,” said Prashant Jha, a journalist at The Hindustan Times in India and the author of “Battles of the New Republic: A Contemporary History of Nepal.” “Instead it represents a conservative backlash.”
The leaders of the major political parties say they are still open to changes in the provincial borders, which could be enacted through a federal commission.
Critics have noted other flaws in the document, including a clause that denies equal citizenship for children born to Nepalese mothers and foreign fathers. Others, however, point to its progressive features, including the banning of capital punishment.
The Constitution was voted into effect Wednesday, with 507 members of a 601-member assembly voting in its favor. Leaders of Madhesi parties boycotted the vote and the promulgation.
Some in Nepal said that the Constitution, while flawed, represented an important opportunity for the country to move forward and develop economically.
“I call it a suboptimal Constitution, but we have to pick up and move ahead,” Mr. Dixit said.

Kathmandu: 2nd Western United Cup Starting From Tuesday

GoalNepal.com - Kathmandu: 2nd Western United Cup Starting From Tuesday
2nd Western United Cup is starting from Tuesday at Mahadevsthan, Karhmandu.
Western United FC is organizinf the championship in which 34 teams are taking part.
oracle B will take on western United FC in the operating match at 11:00 AM.