Pages

Monday, September 28, 2015

भारतीय नाकाबन्दीपछि तातोपानी र रसुवागढी नाका खोल्न चीनको तिब्रता

भारतीय नाकाबन्दीपछि तातोपानी र रसुवागढी नाका खोल्न चीनको तिब्रता
  भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै अघोषीत नाकाबन्दी गरेपछि मित्रराष्ट चीनले नेपालसँगको प्रमुख नाका खोल्न काममा तिब्रता दिएको छ ।  नेपालको मधेसमा भइरहेको आन्दोलनमा अनावश्यक चासो दिंदै भारतीय कुरा लाद्न खोजेपछि देशभर भारत बिरुद्ध आक्रोश र प्रदर्शन भइरहँदा भूकम्पका कारण अवरुद्ध रहेको तातोपानी र रसुवागढी दुवै नाका खोल्न प्रतिबद्धता जनाएको हो ।  नेपालको लागि आवश्यक सबै सामाग्रीको आपूर्ति दुईसाता भित्र सहज बनाउनेगरि चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।  नेपालको आन्तरिक मामला र निर्णयमा सँधै समर्थन र सहयोग गर्दै आएको भारतले भारतीय सुझाव अनुसार नभएकै कारण नेपालको आन्तरिक मामलामा भएको हस्तक्षेपको समेत बिरोध जनाएको छ । चीनले नेपालको नयाँ संविधान घोषणाको स्वागत गरेको छ भने भारतले स्वागतको साटो उल्टै बिरोध गरिरहेको छ ।  चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० को अन्तराष्ट्रिय विभागमा नेपाल सहित दक्षिण तथा दक्षिण पूर्व एसिया मामिला हेर्ने उपमन्त्री छन फेङस्याङले शुक्रबार बेइजिङमा राजदूत महेश मास्केसँग भएको भेटमा नेपालसँगको नाका खोल्ने कामलाई चीनले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।  चीनका प्रभावशाली नेताका रुपमा समेत परिचित उपमन्त्री छनसँगको भेटवार्तामा राजदूत मास्केले नेपालको अहिलेको अवस्थाबारे जानकारी गराउदै तातोपानी र रसुवागढी नाका खोलेर सिमा व्यापार सुचारु गर्न आग्रह गरेको बताइएको छ ।  जवाफमा चीनले दशैं अघि नै नाका खोलेर व्यापार सहज बनाउनेगरी काम अघि बढाउने प्रतिबद्धता जनाएको छ । चीनले आवश्यक परेमा लत्ताकपडा बाहेक आवश्यक सबै खाद्यान्न आपूर्ति गर्न समेत तयार रहेको बताएको छ ।
CHINA has done great job...

Sunday, September 27, 2015

बाबुरामले महतोलाई फोन गरेर भने, 'म पनि आन्दोलनमा आउँछु'

काठमाडौं : एमाओवादी पार्टी छोडेर सामान्य नागरिकसरह स्वतन्त्र जीवन विताउने घोषणा गरेका बाबुराम भट्टराईले २४ घन्टा पनि नबित्दै मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई टेलिफोन गरेर आफूलाई मधेस आन्दोलनमा सहभागी गराउन अनुरोध गरेका छन् । 
 
स्रोतका अनुसार भट्टराईले आइतबार नेपाल सद्भावना पार्टीका अध्यक्ष रहेका राजेन्द्र महतोलाई टेलिफोन गरी आन्दोलनमा सहभागी हुने इच्छा राखेका हुन् । उनले आफूले मधेस आन्दोलनको समर्थनका लागि राजीनामा दिएको र मधेसी जनताको मुक्तिका लागि लड्न तयार रहेको महतोसँग बताएका थिए । बाबुरामले मधेस आन्दोलनमा सहभागी हुने इच्छा राखे पनि मधेसी मोर्चाभित्र उनलाई सहभागी गराउने नगराउने भन्नेबारेमा विवाद छ । 

Message from Nepalese youth


नेपालमा पेट्रोलको बिकल्प मसँग छ-युवा बैज्ञानिक अनिल खतिवडा

युवा बैज्ञानिक हुन् अनिल खतिवडा । बिज्ञानसँग संबन्धित केही राष्ट्रिय प्रतियोगिताहरुमा उनी प्रथम भएका छन् । जस्तो, सिभिल टेक्नो अवार्ड २०७१–प्रथम, राष्ट्रिय बिज्ञान मेला २०७१ प्रथम आदि हुन् । केही समयअघि माइक्रोस्कप्ट, गुगल र युनिसेफको संयुक्त आयोजनामा धुलिखेलमा आयोजित सफ्ट्वेर वनाउने सिविरमा उनी पनि छानिएका थिए ।
खासगरी छिमेकी देश भारतले नाकाबन्दी लगाउने संकेत गरेपछि यी तन्नेरी बैज्ञानिकलाई कसरी पेट्रोलिय पदार्थमा आत्मनिर्भर हुने भन्ने कुराले सतायो । धेरै सोच–विचार गरेपछि उनले केही बिकल्प फेला पारेका छन् । पेट्रोलियम पदार्थका बिकल्पहरु सरकार वा संवन्धित निकायकोलागी जानकारी मुलक हुने भएकाले प्रविधिका विद्यार्थी समेत रहेका युवा बैज्ञानिक खतिवडासँग गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं । सं ।
नेपालमा पेट्रोलको बिकल्प मसँग छ-युवा बैज्ञानिक अनिल खतिवडा
पेट्रोलियम पदार्थ भएन भने नेपाल अध्यारो नै हुन्छ कि विज्ञानको आँखामा केही बिकल्प छन् ?
– बिकल्प प्रसस्त छन् । धेरै ठूलो लगानी विनानै हामी उज्यालोमा बस्न सक्छौं । यातायातका साधन चलाउने पनि बिकल्प छन् । यी बिकल्प हाम्रै आँखा अगाडी छन् । यी बिकल्प संसारकोलागी नौलो होइनन् ।
पेट्रोलको बिकल्प कस्ता–कस्ता छन् त ? १ नं, २ नं, भनेर भन्नुस् त !
– बिकल्प नं १ – माझिबार वा कदमको बियाँ
भनिने जसको स्थानीय नाम माझिबार वा कदम हो । यसको कालो वियाँको तेलले पेट्रोलको काम गर्छ । सजिलो के छ भने यसको तेललाई कुनै किसिमको प्रसोधन विना नै सिधै प्रयोग गर्न सकिन्छ । हालकै ‘इन्जिन’मा ।
बिकल्प नं २ – उखुको रक्सी
उखुको रक्सीलाई पनि पेट्रोल वा डिजेलको सट्टा प्रयोग गर्न सकिन्छ । तर, यसकोलागी गाडी वा ‘मेसिन’लाई थोरै परिवर्तन गर्नु पर्ने हुन्छ ।
बिकल्प नं ३ – बेट्री, सोलार र गोबर ग्याँस
– यी परम्परागत बिकल्पको वारेमा खासै केही भनिरहनु पर्दैन । तर यी पेट्रोलियम पदार्थका भरपर्दा बिकल्प हुन् ।
माझिबार वा कदमको बियाँको तेल उत्पादन कत्तिको ब्यवहारिक छ ?
– नेपालको सवैजसो ठाऊँमा पाइन्छ । अहिले नेपालमा यो प्रयोगमा छैन । जताततै यो बारमा हुर्किरहेको हुन्छ । अलिकति ध्यान दिने हो भने यसको उत्पादन जति पनि बनाउन सकिन्छ ।
उखुको रक्सी चाहिं ?
– यो त प्रयोगमा नै छ । जस्तो – ब्राजिलमा अहिलेपनि यसको प्रयोग सवैभन्दा अगाडि छ । हाम्रोजस्तो देशमा यो संभव र ब्यवहारिक पनि छ । फेरि अर्को कुरा के भने उखुको रस निकालिसकेपछि यसको प्रयोग हुने भएकाले धेरै मूल्य पनि पर्दैन । अनि मकैको ढोडले पनि यही नै काम गर्छ ।
उखुको रक्सी पनि सिधै लगाउने इन्जिनमा ?
– यसकोलागी चाहिं इन्जिनलाई केही ‘मोडिफाई’ गर्नुपर्छ । धेरै खर्चिलो छैन ।
माझिबार/ कदम, उखुको रक्सी, सोलार, ब्याट्री र गोबर ग्यास मध्ये कुन चाहिं बिकल्प भरपर्दो हो ?
– नेपालको सन्दर्भमा सवैभन्दा भरपर्दो माझीबार/कदमको बिऊवाट निस्कने तेल हो । उखुको रक्सीवाट बन्ने झोल चाहिं खासगरी तराईलाई हुन्छ । राम्रो वाटोमा यो पनि भरपर्दो हुन्छ । ‘पिकअप’ कम हुन्छ भन्ने वाहेक यसमा पनि समस्या देखिएको छैन ।
धेरैदेशमा प्रयोगगर्ने हाइड्रोजन ग्यास हामीकहाँ संभव छैन । जे बिकल्पहरु मैले भने ती सवै ब्यवहारिक छन् । तिनमा खासै खर्च पनि छैन । र, संसारले प्रयोगपनि गरिसकेको छ ।
माझिबार वा कदमको बियाँको तेल उत्पादन कत्तिको ब्यवहारिक छ ?
– नेपालको सवैजसो ठाऊँमा पाइन्छ । अहिले नेपालमा यो प्रयोगमा छैन । जताततै यो बारमा हुर्किरहेको हुन्छ । अलिकति ध्यान दिने हो भने यसको उत्पादन जति पनि बनाउन सकिन्छ । हामीले यसलाई ब्यवसायिकरुपमा नसोच्दा त जताततै उम्रिएको पाइन्छ । ध्यानदिंदा जतिपनि हुन्छ ।
यी बिकल्पहरु तयारगर्न कति समय लाग्ला ?
– यसलाई ब्यवसायिकरुपमा सोच बनाएर प्रयोग गर्ने हो भने धेरै समय लाग्दैन । यी सवै एकबर्षे खेतीवाट पुरा हुन्छन् । उखुलाई चिनीको रुपमा मात्र प्रयोग गर्दैैछौं, अव पेट्रोलियममा प्रयोग गरौं । चिनी निकालिसकेपछि ढोडको प्रयोगवाट पनि हुने हो । मकैको ढोड पनि प्रयोगमा ल्याउन सकिन्छ । उखु र मकै हुर्किन जति समयलाग्छ त्यति नै समयमा काम बन्छ ।

Saturday, September 26, 2015

सबैजना जिम्मेवार बनौ ।। यहाँ अभावमा नभएको बेला सबैले सोचौ ।।


* भारतले अघोषित नाकाबन्दीलाई अन्तरराष्ट्रिय करण गर्न दुइपक्षय सन्यन्त्र परिचालन गर्ने सरकारको निर्णय ।।
* भोलि देखि जोर बिजोर प्रणाली लागु ।
* सर्बजानिक यातायात चढ्न आवहान
* अनावश्यक रुपमा आफ्ना साधन पर्योग नगर्न आवहान ।
* अत्यावश्यक साधन जस्तै एम्बुलेन्स पानी आदि सवारीलाई तेल दिइने ।
जस्ले २ हप्ता धान्ने ।।
* अन्तर्राष्ट्रिय कानुन लडे पीडित देशलाई सम्पुर्ण क्षती ब्यहोर्नु पर्ने हुन्छ रे ।।।

बार्सिलोनाको महंगो जित, मेस्सी दुई हप्ता मैदान बाहिर

Messi-injured
९ असोज, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लस पाल्मसविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । तर, यो जित उसका लागि निकै महंगो सावित भएको छ ।
शनिबार भएको खेलमा बार्सिलोनाले लस पाल्मसमाथि २-१ गोल अन्तरको जित हात पारेको हो । तर, खेलको तेस्रो मिनेटमा नै स्टार स्ट्राइकर लिओनल मेस्सी घाइते भए । १० औं मिनेटमा उनले मैदान छाडे ।
उनले नजिकैको अस्पताल लगिएको थियो । बार्सिलोनाका अनुसार उनको बाँया घुँडाको लिगेमेन्ट च्यात्तिएको छ । र, उनी अब कम्तिमा दुई साता मैदान बाहिर रहने भएका छन् ।
मेस्सी घाइते भएपछि बाँकी खेलमा बार्सिलोनाका लागि लुइस स्वरेजले २५ र ५४ औं मिनेटमा गोल गरे । ६६ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, नेयमारको प्रहार आकासियो ।
खेलको ८८ औं मिनेटमा लस पाल्मस एक गोल गरेपनि हार टार्न सकेन ।

बाबुराम : जसलाई माओवादीमा रहुञ्जेल सौतेनी व्यवहार भयो

९ असोज, काठमाडौं । ०५२ सालमा जनयुद्ध सुरु हुँदासम्म धेरै मानिसहरुले प्रचण्डको नामै सुनेका थिएनन् । कतिपयले ‘प्रचण्ड’ भनेको वास्तविक मान्छे नभई ‘भूमिगत गिरोह’ वा ज्ञानेन्द्रलाई सम्झन्थे भने माओवादी पार्टीलाई बाबुराम भट्टराईको पर्यायवाची ठान्थे । यद्यपि पार्टीभित्र चाँहि बाबुराममाथि गरिने व्यवहार ‘दोस्रो दर्जाको नागरिक’ जस्तै थियो ।

भूमिगत कालमा पार्टी बाहिर बाबुरामको चर्चा जति बढ्दै गयो, पार्टीभित्र चाहिँ उनलाई बदनाम मात्रै गरिएन, ०६१ सालसम्म आइपुग्दा रोल्पाको एउटा घरमा बन्दी बनाएर राखियो । बाबुरामका समर्थक देवेन्द्र पौडेल, देवेन्द्र पराजुली लगायतका नेतालाई पार्टीभित्रै चरम शारीरिक यातना दिइयो ।

प्रचण्डसँग २५ वर्षसम्म सँगै रहेर पनि सौतेनी छोराको जस्तो व्यवहार खेप्दै आएका डा. भट्टराईको तीनदशक लामो राजनीतिक जीवन निकै उतार-चढावपूर्ण छ । डा. भट्टराई माओवादीमै लागेर प्रधानमन्त्रीसम्म बन्न सफल भए । र, सँगैसँगै आँशु खसाल्नुपर्ने अवस्थामा पनि पुगे ।

माओवादीमा रहँदा डा.भट्टराईको जीवनका केही ‘पहेली’हरु यस्ता छन् :


प्रचण्डसँग एकता गर्नुअघि

गोरखाको किसान परिवारमा जन्मिएका डा. बाबुराम भट्टराई एलएलसीका बोर्डफस्ट हुन् । ६ वर्षकै उमेरदेखि राजाविरोधी भावना जागृत भए पनि स्कुले जीवनमा राजनीतिमा सक्रिय नभएका डा. बाबुराम भट्टराई पढाइमा अब्बल थिए ।

एसएलसीपछि डा. भट्टराईले काठमाडौं आएर अमृत साइन्स कलेजमा पढे । त्यहीँ पढ्दापढ्दै राजनीतिमा सक्रियता देखाउने गरे पनि उनले भारतमा गई अध्ययन गर्न थालेपछि औपचारिक राजनीति थालेका हुन् । आईएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानअन्तरगत इन्जिनियरिङ्ग पढ्न भारतको चण्डीगढ गए । त्यतिबेला तत्कालीन भारतका प्रधानमन्त्री मनमोहन सिंहले सोही कलेजमा पढाउँथे ।

चण्डीगढमा ०३३ सालमा भट्टराईकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने संगठन स्थापना भयो । उनी विद्यार्थी राजनीतिमा सक्रिय बने । ०३४ मा इन्जिनियरिङ्गमा ग्य्राजुयट गरिसकेपछि पोष्ट ग्य्राजुयट गर्न दिल्ली गएका बाबुरामले आफ्नो योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ गठन गरे । भारतमा प्रवासी नेपाली विद्यार्थीहरुको यो पहिलो संगठन थियो ।

वि.सं.०३७ सालमा बरिष्ठ वाम नेता मोहनविक्रम सिंहमार्फत् पार्टीको सदस्यता लिएका बाबुराम ०३७ पछाडि अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बनेका उनी त्यसपछि मजदुरहरुका बीचमा राजनीतिक काममा खटिएका थिए । उनी ०४२ सालमा दिल्लीबाट काठमाडौं फर्किए र मसालको काठमाडौं जिल्ला सेक्रेटरी एवं बाग्मती ब्यूरो सदस्य भएर कम्युनिष्ट पार्टीको राजनीति सुरु गरे ।

मसाल छाडेर ०४८ एकताकेन्द्रसँग एकता गरेपछि प्रचण्ड र बाबुरामको औपचारिक सहकार्य सुरु भएको हो । ०५१ सालदेखि माओवादी जनयुद्ध शुरु भएपछि प्रचण्ड बाबुराम एकता अरु निकट भयो ।

त्यसो त पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन हुँदा बाबुराम भट्टराई र प्रचण्ड एउटै मोर्चामा थिए । मोहनविक्रम नेतृत्वको पातलो मसाल, प्रचण्ड नेतृत्वको मोटो मशाल र रुपचन्द्र विश्वकर्मा नेतृत्वको पार्टी आपसमा मिलेर ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ नामक साझा मोर्चा बनाइएको थियो, जसको संयोजकमा डा. भट्टराई नियुक्त भएका थिए । तर, डा. भट्टराईको पार्टी आवद्धता चाँहि प्रचण्डसँग नभई मोहनविक्रमसँग थियो ।

बहुदल आएपछि डा. भट्टराईले संविधानसभाको पक्षमा आवाज उठाए भने प्रचण्डले संविधानसभाको कुरा गर्नेहरुलाई संविधानसभा विरोधी भन्दै लेख लेखे । संविधानसभाकै नाराका कारण उनीहरुको मोर्चा निश्क्रिय भयो ।

बुहदल आएपछि ०४८ सालमा प्रचण्ड र निर्मल लामा, नारयाण्काजी श्रेष्ठहरुवीच पार्टी एकता भई नेकपा एकताकेन्द्र गठन भयो । डा. बाबुराम भट्टराईले पनि मोहनविक्रम सिंहको पार्टीबाट विद्रोह गरे । त्यसपछि हरिबोल गजुरेलको नेतृत्वमा डा.बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, राम कार्की लगायतका नेताहरु प्रचण्डको पार्टीमा विलय भए । त्यहीँदेखि ०७२ सालसम्म प्रचण्ड र बाबुराम एउटै पार्टीमा लामो समयसम्म रहे ।

काठमाडौंको त्यो ‘दाह्रीवाल’ बाबुराम

बाबुरामहरुसँग पार्टी एकता गरेपछि पनि प्रचण्ड भूमिगतै रहे भने बाबुरामको नेतृत्वमा संयुक्त जनमोर्चा नेपाल गठन भयो । संयुक्त जनमोर्चाले ०४८ सालको चुनावमा ९ सीट जितेको थियो । लीलामणि पोख्रेलहरुले त्यसबेला संसदमा भूमिका खेलेका थिए भने डा. भट्टराईले सडकको मोर्चा सम्हालेका थिए । चे ग्वेभाराका जस्तै दाह्री पालेका बाबुरामले जुलसमा मसाल बोकेको तस्वीरहरु अहिले पनि हेर्न पाइन्छन् ।

बागबजारको भित्तोमा नारा लेख्न खोज्दा एमाले अखिलका रुपनारायण श्रेष्ठहरुले बाबुराममाथि खुकुरी प्रहार गर्न खोजेको काण्ड त्यही बेलाको हो ।

जनादेश साप्ताहिक र झिल्कोमा लेखहरु लेखिरहने डा. भट्टराईलाई प्रचण्ड र मोहन वैद्यहरुले आफ्नो पार्टीमा लिएर वैधानिक मोर्चाको जिम्मेवारी दिए पनि एकदमै शंकाको नजरले हेर्थे । बाबुरामलाई उनीहरु शहरिया बुद्धिजीवी एवं बुर्जुवाका रुपमा हेर्थे र अविश्वास गर्थे ।

यही क्रममा जनयुद्ध सुरु गर्नुअघि केही समय बाबुरामलाई संयुक्त मोर्चाबाट हटाएर पम्फा भुसाललाई संयोजक बनाइएको थियो । पछि फेरि बाबुरामलाई नै पुनर्बहाली गरियो ।

बाबुराम भाग्ने प्रचण्डको आशंका

माओवादीले जनयुद्ध सुरु गर्नुअघि सरकारलाई ४० बुँदे मागपत्र बाबुरामकै नेतृत्वमा बुझाइएको थियो । तर, प्रचण्ड र वैद्यलाई के आशंका थियो भने जनयुद्ध सुरु भएपछि बाबुरामले पार्टी छाड्नेछन् र युद्धमा जान डराउने छन् ।

तर, बाबुरामले काठमाडौंको घर बेचेर सपरिवार जनयुद्धमा जाने निर्णय गरे । हिसिला पनि कलेजको जागिर छाडेर भूमिगत भइन् । जनयुद्ध कालभरि बाबुाराले प्रचण्डलाई साथ दिए । उनी जनयुद्धमा लाग्दैनन् भन्ने प्रचण्ड समूहको अनुमान गलत सावित भयो । बरु साथ दिने ठानिएका नारायणकाजी श्रेष्ठहरुको समूह जनयुद्धको कार्यदिशासँग असहमत भई अलग्गियो ।

प्रचण्डपथसँगै किचलो

जनयुद्ध सुरु भएको अढाइ वर्षपछि प्रचण्ड र बाबुरामवीच दुई लाइन संघर्ष देखापर्‍यो । पार्टी बाहिर बाबुरामको नाम र तस्वीर हाइलाइट हुन थालेको थियो भने प्रचण्डको तस्वीरसम्म बजारमा सार्वजनिक भएको थिएन । प्रचण्ड कोहो, ज्ञानेन्द्र पो हो कि भन्ने आशंका आम मानिसहरुमा थियो ।

फलस्पस्वरुप ०५४ को चौथो विस्तारिक बैठकले प्रचण्डको फोटो सार्वजनिक गर्ने, पार्टीमा प्रचण्डलाई प्राधिकार सुम्पने र ‘प्रचण्डपथ’ अंगीकार गर्नेबारे छलफल अघि बढ्यो, जसलाई बाबुरामले व्यक्तिवादको संज्ञा दिँदै विरोध गरे । तर, प्रचण्डलाई नेतृत्व स्थापित गर्ने र नेतृत्व केन्द्रीकरण गर्ने यो प्रस्तावलाई ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले औपचारिकता दियो । यो निर्णयपछि विस्तारै बजारमा प्रचण्डको व्यक्तित्वले बाबुरामको नामलाई रिप्लेस गर्न थाल्यो । पार्टीमा प्रचण्डको पकड पहिल्यैदेखि एकछत्र थियो । बाबुरामलाई तलदेखि माथिसम्म शंकालु नजरले हुर्ने स्कुलिङ थियो ।

पार्टीमा भट्टराईको वैचारिक हस्तक्षेप

संगठनमा कमजोर प्रभाव भए पनि प्रचण्डले बाबुरामलाई नीति निर्माणको उच्च तहमा लगेर सम्मान गरेका थिएनन् भन्नु प्रचण्डमाथिको अन्याय हुनेछ । विस्तारै बाबुरामले युद्धमा रहेको माओवादी पार्टीलाई संविधानसभाको नारामा सहमत गराए । कांग्रेस र एमालेसँग मिलेर लोकतन्त्रको नारामा सहकार्य गर्नुपर्ने १२ बुँदे समझदारीसम्म तानेर ल्याए ।

सरकार र माओवादीवीचको वार्ताको समेत नेतृत्व गरेका भट्टराईले नै माओवादीलाई शान्ति र संविधानको एजेन्डामा तानेर ल्याएका हुन् । तर, उनको लाइनमा प्रचण्ड कन्भिन्स नभएको भए यो सम्भव थिएन । माओवादीमा भन्ने गरिन्थ्यो, वार्ता, शान्ति र संविधानको लाइन बाबुरामको हो र विद्रोहको लाइन मोहन वैद्यको हो ।

तर, वैद्य भारतमा जेल परेको मौकामा सिंगै माओवादीलाई शान्ति र संविधानको कार्यदिशामा डोर्‍याउने र प्रचण्डलाई आफ्नो लाइनमा हिँडाउन बाबुराम सफल भएकै हुन् ।

पार्टीभित्रको फरक मत नेपाल साप्ताहिकमा सार्वजनिक गरेको लगायतको आरोपमा रोल्पाको एउटा घरमा बाबुरामलाई लालसेनाले थुनेर राखेका बेला ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए । ज्ञानेन्द्रले माघ १९ को कु गर्दा रोल्पामा फुण्टीबाङमा माओवादीको बैठक चलिरहेको थियो । ज्ञानेन्द्रले वार्तामा बोलाउने प्रचण्डलाई आशा थियो, तर उनले माओवादीलाई आतंककारी घोषणा गरिदिएका थिए ।

त्यतिबेला पार्टीमा प्रचण्ड राष्ट्रवादीसित मिलेर भारतसँग सुरुङ युद्ध गर्नुपर्ने लाइनमा थिए भने बाबुराम चाँहि कांग्रेस र एमालेसँग मिलेर ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लड्नुपर्ने लाइनमा थिए । अन्ततः ज्ञानेन्द्रले माओवादीप्रति कडा रुप अपनाएपछि प्रचण्डले बाबुरामको कारवाही फुकुवा गरे । बाबुरामले प्रचण्डलाई दिल्ली लिएर गए र त्यसपछि १२ बुँदे समझदारी भयो र राजनीतिले अहिलेसम्मको कोर्ष समात्यो ।

शान्ति प्रक्रियामा आएपछि पनि मोहन वैद्य समूहले पार्टीलाई विद्रोहको लाइनमा तान्न खोज्यो । यही क्रममा पार्टी फुट्यो । बाबुरामले भने संविधानसभाबाट संविधान बनाउने लाइनलाई अघि बढाए । प्रचण्ड र बाबुराम यसवीचमा एक साथ रहे । सेना समायोजन भयो र संविधानसभाको कोर्ष पूरा भयो ।

शान्तिकालको खटपट र धोबीघाट

शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्ड र बाबुरामको सम्बन्ध उतार चढावपूर्ण रह्यो । बाबुरामले पार्टीभित्र पटक-पटक फरक मत राख्दै आए । यद्यपि हेटौंडामा आयोजित महाधिवेशनमा भने प्रचण्ड र बाबुरामवीच राजनीतिक एकता भयो ।

यसैक्रममा ललितपुरको धोबीघाट काण्ड एमाओवादीभित्रको चर्चित मानिन्छ । वैद्यसमूह र नारायणकाजी समूहले मिलेर धोबीघाटमा आयोजना गरेको भेलाबाट पार्टीको नेतृत्व हत्याउन खोजिएको आरोप प्रचण्डले बाबुराममाथि लगाए ।

हेटौडा महाधिवेशनमा प्रचण्ड र बाबुरामवीच दुरी कम भए पनि फेरि अन्तरविरोध चुलियो । यसैक्रममा बिराटनगरमा आयोजित राष्ट्रिय सम्मेलन नै छाडेर बाबुराम समूह बाहिरियो । त्यसयता भट्टराई समूहले समानान्तर कमिटी चलाएको आरोप निरन्तर खेप्दै आयो ।

प्रधानमन्त्रीका रुपमा १८ महिना

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भएको ऐतिहासिक पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका बाबुराम ०६८ सालमा नेपालको ३५ औं प्रधानमन्त्री भए । वि.सं.०६८ साल भदौ ११ गते व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरी मुलुकको ३५ औं प्रधानमन्त्री बनेका उनले करिव १८ महिना राज्य सञ्चालन गरे ।

भट्टराईकै प्रधानमन्त्रित्वकालमा माओवादी सेनाका लडाकूहरुको नेपाली सेनामा समायोजन र हतियार व्यवस्थापनसहित शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण काम सम्पन्न भयो । सरकारको नेतृत्व गर्दा काठमाडौंको सडक विस्तारसहितका महत्वपूर्ण काम गरी चर्चा बटुलेका भट्टराई पहिलो संविधानसभाबाट संविधान बनाउन असफल बने ।

भट्टराईकै कार्यकालमा पहिलो संविधानसभा विघटन भएपछि भए मुलुककै सबैभन्दा ठूलो पार्टी विभाजित भएर छिन्नभिन्न भयो । यद्यपि दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भई नयाँ संविधान जारी भइसकेपछि तिनै एकीकृत माओवादीका नेता भट्टराईले अन्ततः असोज ९ गते शनिवार माओवादी पार्टी नै परित्याग गर्न पुगेका छन् ।

साथीहरु छुटे, भविश्य अन्यौल

एमाओवादीभित्र टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, प्रभु साह, गंगानारायण श्रेष्ठ, रामरिझन यादव, वामदेव क्षेत्री, डोरप्रसाद उपाध्याय, हेमराज भण्डारीलगायतका नेताहरु डा. भट्टराईका निकट मानिन्छन् । तर, पार्टी परित्याग गर्दा भट्टराईले एक्लै छाडेका छन् ।

पछिल्लो समयमा मधेसी नेता रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान लगायतले डा. भट्टराईलाई साथ दिने देखिएको थियो । कतिपयले भट्टराईका सहयोगीहरु अब के गर्लान् भन्ने प्रश्न पनि उठाएका छन् यतिबेला । पार्टी परित्याग गर्दा डा. भट्टराईले अब के गर्ने भन्ने खासै खुलासा गरेका छैनन् । उनले सामान्य नेपाली नागरिकका रुपमा देशको सेवा गर्ने बताएका छन् ।

पार्टी छाडेको घोषणासँगै अब डा. भट्टराईमाथि पार्टी भित्र र बाहिरबाट चर्को आलोचना वा टिप्पणी भइहरेको छ र हुनै नै छ । तर, त्यो भन्द रोचक प्रश्न त यो छ कि बाबुराम भट्टराईविनाको माओवादी पार्टी अब कस्तो होला ?

कसैले माने पनि या नमाने पनि माओवादी आन्दोलनमा डा. भट्टराई त्यस्ता पात्र हुन्, जसले माओवादीलाई वौद्धिक वर्गप्रति आकर्षण गराए । फिलिपिन्स र पेरुको बाटोमा हिँड्न लागेको माओवादीलाई काठमाडौंसम्म ल्याएर छाडिदिए । यसक्रममा उनले प्रचण्डको ढाडमा टेकेर संविधानसभा र गणतन्त्रको आफ्नो मिसन पूरा गराई माओवादीबाट विदा भए ।

बाबुराम भट्टराई त्यस्ता अभागी पात्र हुन्, जसले २५ वर्षको उर्जाशील समय बिताएको आफ्नै पार्टीभित्र सधैं अपमान र बदनामीको शिकार बन्नुपर्‍यो । र, अहिले फेरि माओवादीमा लगाएका गुन बिर्सेर उनीमाथि माओवादीहरुले गाली बर्साइरहेका छन् । भनिन्छ, कम्युनिष्टको जातै बैगुनी । काम गुरुञ्जेल आफ्नो, छाडेपछि पराई ।

अब सामान्य नागरिक भएर बस्छु भन्ने आफ्नो सहयात्रीलाई धन्यवाद दिने संस्कार कम्युनिष्टहरुको स्कुलिङमा छैन । त्यसैले अब निश्चित छ, बाबुरामले आफ्नै सहयात्रीको व्यवहारबाट धेरै रुनुपर्ने देखिन्छ ।