नेपाल आयल निगमले सोमबारबाट कोटा प्रणाली लागु गरेपछि डिजेल र पेट्रोल निश्चित पम्पबाट मात्रै वितरण गरेको छ । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि कोटा निर्धारण गरेको निगमले सोमबार उपत्यकाका ११ वटा पम्पबाट पेट्रोल तथा ६० वटा पम्पबाट डिजेल वितरण गरेको छ ।
थानकोट डिपोबाट ६० वटा निजी तथा सरकारी पम्पलाई डिजेल दिइएको छ भने पेट्रोल ११ वटा सरकारी पम्पहरुलाई मात्र दिइएको छ । सरकारी पम्पहरूले डिजेल समेत वितरण गर्ने आयल निगमले जनाएको छ ।
निगमले आज उपत्यकाका ११ वटा पेट्रोलपम्प १ लाख ८ हजार लिटर पेट्रोल बाड्न लागेको जनाएको छ । निगमले सुरक्षा निकाय र साझाका पम्पलाई प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थ दिएको छ । आयल निगमले सरकारी पेट्रोल पम्पलाई मात्रै पेट्रोल दिएको छ । निजी पम्पलाई भने पेट्रोल दिइएको छैन ।
त्यस्तै ६० वटा पम्पबाट २ लाख ४० हजार लिटर डिजेल बाँडिने छ ।
कोटा प्रणाली
0 comments:
Post a Comment